अमृता सुनार/नवलपरासी ,१८ माघ
श्री सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लि सुनवल १२ भुमहीको २७ औ स्थापना दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविर एंव सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लि सुनवल १२ भुमहीको आयोजना तथा जेसीआई रामनगरको सहआयोजना तथा देवदह मेडिकल कलेज एण्ड रिसर्च सेनटरको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा २०३ जना विरामीहरुले नाक, कान, घाँटी रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, महिला तथा स्त्री रोग विशेषज्ञ र जनरल फिजिसियन चेकजाँच सम्बन्धी निशुल्क सेवा प्राप्त गरेका थिए ।
संस्थाका अध्यक्ष यमलाल पाण्डेको अध्यक्षता एवम सुनवल नगर उपप्रमुख सुर्य प्रसाद दुवेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि दुवेले सहकारीले शेयर सदस्य र किसानको हित र प्रवर्धनका लागी अग्रपंत्तिमा रहेर काम गरेको हुनाले संस्थाका शेयर सदस्यहरु सन्तुष्ट रहेको बताउनुभयो । उहाले सहकारीहरुमा आएको विचलनले यो संस्था आत्तिनु पर्ने अवस्था नरहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष पाण्डेले हरेक वर्ष संस्था स्थापनाको अवसर पारेर विभिन्न कार्यक्रम गर्दै आइरहेको र यस वर्ष निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको र यसलाई निरन्तरता दिने बताउनुभयो । यस्तै उहाले हालै सरकारले ल्याएको अध्यादेश मार्फत ल्याएको सहकारी विधेयक सहकारी मैत्री नरहेको त्यसले सहकारीहरु वैमान र ठग हुन भन्ने सहकारीहरुलाई भान परेको बताउदै त्यसलाई संशोधन गरी सहकारीको हित अनुकुल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुर्व अध्यक्ष पेउ नारायण न्यौपाने, देवदह मेडिकल कलेजको तर्फ बाट सरस्वती देवकोटा, सुनवल वडा नं १२ का वडाअध्यक्ष चुरामणी पौडेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका उपाध्यक्ष जयराम बस्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संस्थाका सचिव तथा जेसीआइ रामनगरका अध्यक्ष रमेश पराजुलीले गर्नुभएको थियो भने सो अवसरमा जेष्ठ शेयर सदस्य सम्मान, उत्कृष्ट कृषक सम्मान, शैक्षिक क्षेत्रमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी र उत्कृष्ट ऋणि,बचतकर्ता र कर्मचारीलाई सम्मान गरिएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

