Rashtriya Dainik

त्रिवेणी धाममाको अमावश्या मेलाकाे करमा अनियमितता

आरपि उपाध्याय / नवलपरासी ,१८ माघ

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ को त्रिवेणी धाममा लागेको अमावश्या मेलामा समितिबाट कर उठाउने कार्यमा अनियमितता भएको आरोप लागेको छ।

स्थानीय त्रिवेणी युवा समाज संस्थाले अनियमितता भएको विषयमा सम्बन्धित सरोकारवाला निकायमा अनियमितता बारे ध्यानाकर्षण गराएको हो।

वडा न.६ को सभा हलमा बसेको वृहत् सर्वपक्षीय भेलामा युवा समाज संस्थाका पदाधिकारी सदस्य सहितको प्रतिनिधि मण्डलले मेला समितिद्वारा उठाइएको करको रसिद अपारदर्शी,गैरकानुनी भएको भन्दै छानबिनको दायरामा आउनुपर्ने माग उठाएका थिए।

संस्थाका अध्यक्ष अमर क्षेत्री,सचीव अच्युतमान श्रेष्ठ सहितको सदस्यहरुको भेलाले मेला समितिकै केही सदस्यबाट अपारदर्शी ढङ्गले बेगर कार्बन पेपरकै रसिद काटिएको र रसिदमा उल्लेखित रकम पनि फरक ढङ्गले लेखिएकोमा निष्पक्ष छानबिनको माग गर्दै दोषीलाई कारवाही गर्नुपर्ने आवाज उठेको जानकारीमा आएको छ।

वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाह,वडा न.७ का वडा अध्यक्ष उमेश कार्की,स्थानीय प्रहरी,जनप्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थितिमा दोषीलाई कारवाही नगरिए कडा रुपमा प्रस्तुत हुने बताइएपछि हालसम्म कर उठाएको ठेलीलाई मुचुल्का उठाइ ई.प्र.का. त्रिवेणीको जिम्मामा बुझाइएको मेला समितिको सदस्य हरबेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो।

त्रिवेणी मेला जस्तो धार्मिक महत्व बोकेको तिर्थ स्थलमा पनि कर असुलीको नाममा आर्थिक अनियमितता भएपछि सो बारे थप कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय नवलपुरको ध्यानाकर्षण गरिने युवा समाज त्रिवेणीले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित