राजन कुमार बानिया /पर्सा ,१८ माघ
पर्साको पोखरिया नगरपालिकामा यहि माघ २२ गतेदेखि सुरु हुनगईरहेको महिला हरुको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एच.पि.भी.खोप अभियान अाज
स्वासथ्य कार्यालय पोखरियाले आयोजना गरेको पालिका स्तरिय खोप समन्वय समिति तथा सञ्चारकर्मी र सरोकारवालासंगको अभिमुखीकरण कार्यक्रममा खोप अभियानका बारेमा जानकारी गराइएका छन। पोखरिया नगरपालिकाको सभाहलमा अायोजित कार्यक्रममा पोखरिया स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्राले माघ २२ देखि २८ गतेसम्म पालिकाको १० वडामा चल्ने अभियानमा करिब २ हजार ५ सय जना बालिका र किशोरीहरुलाई एच.पी.भी.खोप लगाइने जानकारी गराए । उक्त अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाइने बताए ।
माघ २२ देखि सञ्चालन हुने एच.पि.भी.खोप अभियानलाई सफल बनाउन पोखरिया स्वास्थ्य शाखा सहसंयोजक शिव सिंह पटेलले बताए । अभियानका क्रममा कुनैपनि आग्रह पुर्वाग्रह नराखेर स्वास्थ्यकर्मीहरुले लक्षित उमेर समुदयका बालिका र किशोरीहरुलाई खोप लगाउन आग्रहपनि गरे ।
अभियानका क्रममा खटिने स्वास्थ्यकर्मीहरुलाई काम गर्ने सहज वातावरण बनाइ दिन पालिकाका जनप्रतिनिधी, शिक्षक, ,राजनीतिकर्मी ,सञ्चारकर्मी , संघसंस्था ,लगायतलाई अाग्रह गरे । सहसंयोजक पटेल ले भने एच.पि.भी.खोपको कुनैपनि नकरात्मक असर नभएकाले ढुक्क भएर अाअाफ्ना छोरीहरुलाई उक्त खोप लगाउन नगरबासी संग अाग्रह समेत गरे।
पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक चार जना महिला हरु को मृत्यु हुने गरेको अभिमुखिकरणमा प्रकास पार्नु भएको थियो। यो एच,पि,भी खोप अबिभाईत बालिका र किसोरीहरुलाई लगाउने बताए ।
बालिका र किसोरीहरु लाई एच,पि,भी खोप लागि सकेपछी पाठेघर को क्यान्सर नहुने बिश्वासर रहेको पटेल ले बताए । कार्यक्रम का प्रमुख अतिथि रहनु भएकि पोखरिया नगर उपप्रमुख रुबी ठाकुर ले एच ,पि,भी,खोप अभियानमा चारै तरफबाट सहयोग गरि सफल बनाउन अाग्रह समेत गरिन। पोखरिया नगर भित्र रहेका बालिका र किशोरी हरु लाई र साथै बाहिरबाट अाएका राउटे , ईट भाठा लगायतको ठाउँहरुमा निगरानी गरि एच,पि,भी खोप दिलाउन मा सहयोग गरिदिन अाग्रह समेत गरिन। अभिमुखिकरण कार्यक्रम स्वास्थ्य प्रमुख कौशलेन्द्र मिश्रा को अध्यक्ष्ातामा सम्पन्न भएको छ।
कार्यक्रममा वडाअध्यक्ष लक्षमण साह, नौसाद अालम, प्रमोद गिरी,केदार महतो,प्रमान्नद पटेल, महेन्द्र महतो, कार्यपालिका सदस्य रामबचन महतो,नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाका सभापति भगवान कुर्मी, नगरप्रहरी प्रमुख दिनेश चौहान , बिधालयका शिक्षक,संचारकर्मी ,स्वास्थ्यकर्मी,कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

