Rashtriya Dainik

तेस्रो स्मृति कप फुटबल प्रतियोगिताः जनशक्ति युवा क्लब बडेरा विजयी

अमृता सुनार/ नवलपरासी ,१८ माघ

सुनवल ३ किर्तिपुर २ मा जारी तेस्रो स्मृति कप नाइन ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज छैठौ दिन जनशक्ति युवा क्लब बडेरा विजयी भएको निर्धारित समयमा दुई टिम बाट २/२ गोल भए पछि खेल पेनाल्टि सुट आउटमा गएको थियो ।

पेनाल्टि सुट आउटमा ४–१ गोल ले जित निकाल्दै जनशक्ति युवा क्लब बडेरा दोस्रो चरणमा प्रवेश गरेको छ ।

आजको खेलमा जनशक्ति युवा क्लबका गोल किपर रिजन गुरुङ्क म्यान अफ द म्याच घोषित भएका छन । यसैगरि भोलि शुक्रवार जेनिथ युवा क्लव किर्तिपुर १ र डि युनिटी युवा क्लव खैरेनी रुपन्देही बिच दिउसो ३ बजे प्रतिस्पर्धा हुदैछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित