Rashtriya Dainik

लुम्बिनी सास्कृतिक नगरपालिकामा क्रीकेट टुनामेण्ट जारी

तुलसी राम पौडेल /लुम्बिनी ,माघ १८

रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका -३ पडेरियामा माघ १२ गतेदेखि लुम्बिनी इन्डो नेपाल क्रीकेट टुर्नामेण्ट PLPL season 7 प्रतियोगिता भैरहेको छ।

लुम्बिनी सास्कृतिक नगरपालिका स्थित लुम्बिनी नव युवा क्लबको आयोजना, नगरपालिका , वडा नम्बर ३ र लुम्बिनी खेलकुद परिषदको सहयोगमा प्रतियोगिता भैरहेको हो ।

प्रतियोगिता अन्तरगत बिहीबार PM Sport sonauli  VS  MRF Khan Tayers Basalatpur बीच भएको प्रतियोगितामा MRF khan Tayers Basalatpur बिजयी भएको छ।सोही बिजय टिमका खेलाडी जटा शंकर म्यान अफ द म्याच हुन सफल भएका छन् ।

।त्यसै गरि LCM-3 VS HAFIZ -11 बीच भएको प्रतियोगितामा HAFIZ -11 Bharawaliya बीजयी भएको छ। सोही बिजयी टिमका खेलाडी दुर्गेश यादव म्यान अफ द म्याच हुन सफल भएका छन् ।

लुम्बिनी इन्डो नेपाल क्रीकेट टुर्नामेन्ट PLPL season 7 प्रतियोगिता माघ २६ गते समापन हुने आयोजक क्लबले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित