Rashtriya Dainik

श्री शिवशक्ति कोटी होम महायज्ञबारे पत्रकार सम्मेलन

अभिलाष गुप्ता /बिरगंज, माघ १९

श्री शिवशक्ति कोटी होम महायज्ञबारे पत्रकार सम्मेलनको आयोजना भएको हो। शुक्रबार नेशनल मेडिकलको दक्षिन तिर करीब २ सय मिटर अगाडि बिश्रमपुर वडा नम्बर ५ स्थित ईटियाहीमा श्री शिवशक्ति कोटी होम महायज्ञ तैयारीबारे पत्रकार सम्मेलन गरिएको हो।

सो कार्यक्रमकामा मेयर जुल्फकार अलि भुट्टो (जुबेर भाइ )को अध्यक्षतामा सम्पन्न भएको हो।

उक्त पत्रकार सम्मेलनमा महायज्ञ मुल समितिका अध्यक्ष शिव शंकर प्रसाद यादव,उपाध्यक्ष डाेमाई साह र राजा बाबू गुप्ता सोनार,कपिल देव साह सोनार,कोषाध्यक्ष भोला साह सोनार एवम् प्रचार प्रसार समितिका संयोजक राज सर्राफ लगाएतकाहरुको विशेष उपस्थिति रहेको थियो।

यस श्री शिवशक्ति कोटी होम महायज्ञमा सुरक्षा लाई मध्य नजर गर्दै ९ ओटा सिसि टिभी र २ सय भन्दा बढी सवेम सेवकहरु परिचालन गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियोे।

यस श्री शिवशक्ति कोटी होम महायज्ञ बारे मेलाको विवरण स-सचिव दिपेन्द्र प्रसादले पेस गरेका थिए। दिपेन्द्र प्रसादको भनाई अनुसार मधेश प्रदेशमै यस्तो ठुलो महायज्ञ हुने भएकोले यस्को अनुमानित लागत १ करोड ३० लाख लागने भएकोले यस पुनित कार्यमा हामी सबैजना मिलेर कार्य गर्नुपर्ने बताउनुभएको हाे।
श्री श्री १००८ श्री महाशिवरात्री महामहोत्सव महायज्ञ २०८१ श्री शिवशक्ति कोटी होम महायज्ञमा जनप्रतिनिधीहरु,आम जन मानिसहरुद्वारा सहकार्य गरि अघि बढे भने मात्र यो जग सफल हुने बताइएको छ।

मेला मनोरञ्जन समितिका अध्यक्ष सुमित यादवले मेलाको बारेमा विभिन्न किसिमका जानकारी गराएका थिए।
यो महायज्ञमा सानो ठुलो गरि १ हजार ११ पिस मुर्तिहरु बनाईएको छ । भने यो महायज्ञ सुरु माघ २३ गते मंगलबार देखि बिधिवत रुपले संचालित हुने छ।यो महायज्ञ १ महिना चल्ने छ यस महायज्ञमा बच्चाहरुकोलाई विभिन्न मनोरञ्जनका जस्तै टावर झुला,मौतका कुवा, सर्कस,नाव झुला, डैनसिग झुला इत्यादि मनोरञ्जनका ब्यवस्थापन गरिएको छ भने बृन्दावन बाट आई यहाँ महायज्ञ स्थलमा राम लिला ,रासलिला आदि कार्यक्रमहरु पनि गराईने आयोजकले बताएका थिए

यस महायज्ञमा धेरै भन्दा धेरै भक्तजनहरु सहभागी भई सहयोग गरौं र पुन्य को भागी बनौं भनेर आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह समेत गरेका थिए।

उक्त कार्यक्रममा गाउँका बुद्धिजीवी,नागरिक समाज,अगुवा कार्यकर्ता एवम् पदाधिकारीहरु तथा सन्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो। उक्त सम्मेलन पछी त्यहा उपस्थित सबै सन्चारकर्मीहरुलाई गमछा ओढाई सम्मान गरिएको थियोे।
सबै आजको उक्त कार्यक्रम सन्चालन प्रचार प्रसार समितिका संयोजक राज सर्राफले गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित