बिनाेद निगम , नवलपरासी ,१७ माघ
पश्चिम नवलपरासीको महेशपुर स्थित रहेको आफन्त नेपालले मानव बेचविखन तथा ओसारपसार र लैङ्गिक हिंसा अन्त्यको अभियानमा आफन्त नेपालको १८ औं वर्षको आव्हान कार्यक्रम सम्पन्न गरेको छ।

मानव बेचबिखन तथा ओसारपसार र लैङ्गिक हिंसा अन्त्यको अभियानमा र आफन्त नेपालको १८ औं वर्षको आव्हानको आयोजना र कार्यक्रम गरिएको हो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय महेशपुर, सहस्त्र प्रहरी बल हरपुर गुल्म,महेशपुर क्वारेन्टाइन र स्थानीयहरूको सहभागिता रहेको आफन्त नेपाल महेशपुर शाखाकी प्रमुख माधुरी लिम्बुले बताएकी छिन्।
विभिन्न जिल्लाहरूबाट मानिस बढि ओसारपसार हुने हुदाँ यी जिल्लाबासीहरूमा मानव बेचविखन तथा ओसारपसार र लैङ्गिक हिंसा अन्त्यको अभियानमा कार्यक्रम गरिएको लिम्बुले जानकारी दिनुभएको छिन् ।

त्यस्तै जिल्लाका विभिन्न क्षेत्रमा महिलाहरू अशिक्षित भएकाले चाडै अरुको कुरामा फस्ने गरेका कारण किशोरीहरू बढि भारत र विदेशमा बेचिने समस्या कार्यक्रम गरिएको बताउनु भयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

