प्रकाश न्यौपाने /नवलपरासी ,माघ १७ गते
बर्दघाट १० मा रहेको ग्लोबल एकेडेमीले १६ औँ बार्षिकोत्सवमा स्वास्थ्य शिविर खेलकुद र सांस्कृतिक कार्यक्रम गर्ने भएको छ।
विद्यालयले वार्षिक उत्सवको अवसरमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।
एकेडेमीले सामाजीक उत्तरदायित्व अन्तरगत माघ १९ गते शिविरको आयोजना गरिएको स्वास्थ्य शिविर संयोजक ईन्द्र ढकालले बताउनुभयो ।
युनिभर्सल कलेज अफ मेडिकल साईन्सको प्राविधिक सहयोगमा नाक, कान, घाँटी सम्बन्धी रोग, आँखा, दाँत सम्बन्धी रोग र महिलामा देखिने रोगहरुको परिक्षण शिविर संचालन गरिने संयोजक ढकालको बताउनुभयो। शिविरमा स्वास्थ्य परिक्षण गर्नका लागि विशेषज्ञ डक्टरहरुको टिम आउने र निशुल्क औषधीको पनि ब्यबस्था गरिएको छ । विद्यालय परिसरमै शिविर संचालन हुने भएकोले स्वास्थ्य परिक्षण गराउन चाहनेहरुले निर्धक्क भएर आउन ढकालले आग्रह गर्नुभयो ।
प्रयोगशालामा परिक्षण गर्नुपर्ने भए नमुना संकलन गरी मेडिकल कलेजमा लगेर परिक्षण गरी निशुल्क रुपमै रिपोर्ट उपलब्ध गराउने र शिविरमा स्वास्थ्य परिक्षण पश्चात थप उपचार गर्नुपर्ने विरामीका लागि निशुल्क यातायातको ब्यबस्था गरी सम्पूर्ण उपचारमा लाग्ने शुल्कमा २० प्रतिशत छुटको ब्यबस्था गरिएको बताईएको छ ।
ग्लोबल एकेडेमीका अध्यक्ष हरि अधिकारीले समाजमा निजी शैक्षिक संस्थाहरु नाफामुखी हुन्छन् भन्ने भाष्य रहेको उल्लेख गर्नुभयो । अधिकारीका अनुसार ग्लोबल एकेडेमीले विगतदेखि नै सामाजिक उत्तरदायित्वका महसुस गरी समुदायलाई लाभ हुने खालका विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको बताउनुभयो ।”निजी शैक्षिक संस्थाहरूले केवल नाफा मात्रै कमाउँछन् सामाजिक उत्तरदायित्वमा चासो देखाउँदैनन् भन्ने बुझाइलाई चिर्न विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि झण्डै ७ देखी १० लाख लागतमा स्वास्थ्य शिविर आयोजना गरिएको अधिकारीले बताउनुभयो।
सामान्य खालका बिरामीहरूलाई एक हप्तासम्म पुग्ने औषधि दिने विद्यालयले जनाएको छ। केही औषधि विद्यालयले तथा केही औषधि वर्दघाट नगरपालिका, बर्दघाट ९ र १० वडा कार्यालय, र बर्दघाट ९ मा रहेको सुलभ फार्मेसीका सञ्चालक बाबुराम तिमल्सिनाले औषधि सहयोग गर्नुभएको अधिकारीले जानकारी दिनुभयो।
विद्यालयका प्रिन्सिपल मणी शर्माले बार्षिकोत्सवको अवसर पारेर स्वास्थ्य शिविर संगै २० गते बाट खेलकुद सप्ताह, शिक्षक सम्मान, विद्यार्थी सम्मान, समुदायमा रहेका ब्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । शर्माले २४ गते हुने बार्षिकोत्सव समारोहमा विद्यार्थीहरुको हस्तकला प्रदर्शनी विविध सांस्कृतिकहरु समेत प्रस्तुत हुने बताउनुभयो ।
बार्षिकोत्सवको अवसरमा अग्रिम भर्ना हुने विद्यार्थीहरुका लागि विद्यालयले चैत्र सम्मको शुल्क र यातायात निशुल्क गरिने बताईएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

