Rashtriya Dainik

पोखरियामा मालपोत र नापी कार्यालयको शाखा स्थापनाका लागि तयारी सुरु

राजन कुमार बानिया /पर्सा, १७ माघ

पर्साको पोखरियामा मालपोत र नापी कार्यालयको शाखा कार्यालय स्थापनाका लागि सम्भावित स्थानको आज (बिहीबार) अवलोकन गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले पोखरियामा ती दुवै कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेपछि पोखरिया नगरपालिकाका जनप्रतिनिधीसहितका सरोकारवालाहरु त्यसका लागि जुटेका छन् ।

यसैक्रममा आज पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा बसेको सरोकारवालाहरुसहितको बैठक बसेको बसेको थियो ।

बैठकपछि मेयर चौहानसहित सरोकारवालाहरुको टोलीले कार्यालय स्थापनाका लागि पोखरिया–४ पोखरिया बजारमा अवस्थिते शिव मनिदर परिसर, कृषि शाखा कार्यालयको भवन र पोखरिया–९ सेमरवारी चोकमा रहेको सार्वजनिक धर्मशालाको अवलोकन गरेको हो ।
अवलोकन टोललीमा सहभागी सर्वेक्षक रामप्रमोद राउतले आज अवलोकन तथा निरीक्षण गरिएका स्थानमध्येबाटै उपयुक्त स्थानमा मालपोत र नापी कार्यालय स्थापना गरि सञ्चालन गरिने बताए ।

अवलोकन टोलीमा भुमी व्यवस्थापन तथा अभिलेख प्रमुख टेकराज अर्याल , नापी विभागका राकेश कुमार झा, अजय कुमार श्रीवास्तव ,सर्वेक्षक रामप्रमोद राउत , नापी अधिकृत राजकुमार विश्रवकर्मा ,रामरेखा चौरसिया , वडा अध्यक्ष प्रमोद गिरी,लक्ष्मण साह कानु ,नौसाद आलम ,सन्तोष गिरी ,भगवान प्रसाद कुर्मी ,पारस ठाकुर , सन्दिप साह कानु ,सञ्चारकर्मी शैलेश गुप्ता लगायतकाहरुको सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित