Rashtriya Dainik

वनकट्टी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रथम साधारण सभा सम्पन्न

अमृता सुनार/नवलपरासी ,१७ माघ

वनकट्टी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रथम साधारण सभा सुनवल वडा नं ५ हर्दिया २ नं खानेपानीको कार्यालयमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बखत बहादुर गुरुङ्कको अध्यक्षता एवम सुनवल नगरपालिका निवर्तमान नगरप्रमुख भिम बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सुनवल नगरपालिका वडा नं ५ र ९ मा गरी ५ सय ५० उपभोक्ता रहेको संस्थाको कुल लागत १० करोड रहेको छ ।

संस्थाका अध्यक्ष बखत बहादुर गुरुङ्कले अध्यक्षको प्रतिवेदन, सचिवको प्रतिवेदन यामजित मल्लले, कोषाध्यक्षको प्रतिवेदन पार्वती कार्कीले, लेखा संयोजकको प्रतिवेदन सन्तोष शर्माले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा लेखापरिक्षक हिमान सिंह केसी, रामनगर खानेपानी तथा उपभोक्ता आयोजना उपाध्यक्ष चण्डी प्रसाद डुम्रे , सुनवल वडा नं ५ का वडाध्यक्ष नेत्रलाल शर्मा तिवारी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका उपाध्यक्ष दुर्गा नारायण सुवेदीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव यामजित मल्लले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित