अमृता सुनार/ नवलपरासी ,माघ १६
सहिद दिवस २०८१ को अवसरमा सहिद विष्णु प्रसाद पाण्डे स्मृति प्रतिष्ठान सुनवल ५ वनकट्टीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । प्रतिष्ठानका अध्यक्ष दुर्गा नारायण सुवेदीको अध्यक्षता तथा सुनवल वडा नं १३ का वडा अध्यक्ष एवम नगर प्रवक्ता कृष्ण प्रसाद बगालेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी बगाले ले हामी आफैमा इमानदार हुनुपर्छ सहिदका सपना साकार पार्न अझै बाकी रहेको हुदा त्यसमा हामी लागिपर्नु पर्ने बताउनुभयो । यस्तै प्रतिष्ठानका अध्यक्ष दुर्गा नारायण सुवेदीले ज्यानको बलिदान दिने सहिदको सम्मान र उहाँहरुले देखाएको बाटोमा हिड्नु पर्ने बताउनुभयो । सहिद बिष्णु प्रसाद पाण्डे प्रतिस्ठान लाई सबै मिलेर शहिद पार्कको रुपमा चिनाउनु पर्ने धारण ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सहिद पत्नी भागिरथी पाण्डे, सुनवल वडा नं ५ का वडा अध्यक्ष नेत्रलाल शर्मा तिवारी, भविश्वर तिवारी, थमन सिंह नेपाली,मोहन कार्की, पेउ नारायण न्यौपाने, लक्ष्मी प्रसाद पाण्डे,यम प्रसाद पाण्डे,मुक्ति बहादुर भण्डारी लगाएतको आतिथ्यता रहेको कार्यक्रमको सन्चालान प्रतिस्ठानका सचिब वीर बहादुर बि.क ले गर्नुभएको थियो।

कार्यक्रममा पुष्प अर्पण, दिप प्रज्वलन, वक्तव्य प्रस्तुति जस्ता गतिविधिहरु समावेश गरिएको थियो । सहिद विष्णु पाण्डे २०६२/२०६३ को जनआन्दोलनका क्रममा नवलपरासीको सदरमुकाम परासीमा २०६२ चैत्र ३० गते सहिद हुनु भएको थियो । सो आन्दोलनमा देशभर बाट २६ जना शहीदले आफ्नो प्राण आहुति दिएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

