Rashtriya Dainik

श्री धान्याचल महायज्ञ मा.वि को ३७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

अमृता सुनार/नवलपरासी ,१७ माघ

श्री धान्यचल महायज्ञ माध्यमिक विद्यालयको ३७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालयका अध्यक्ष सुर्य न्यौपानेको अध्यक्षता एवम लुम्बिनी प्रदेश सभा सदस्य खड्क बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बस्नेतले कुनै पनि व्यक्ति बिचलित नभई समाजसेवामा लागेमा संस्थाले प्रगति गर्ने बताउनुभयो । उहाले अहिलेका विद्यार्थीहरुलाई सबै क्षेत्रमा प्रतिष्पर्धात्मक बनाउन त्यस्तै खालको शिक्षा प्रदान गर्न विद्यालयलाई आग्रह गर्नुभयो ।

वि.स २०४३ साल मंसिर महिनामा सम्पन्न गरिएको धान्याचल महायज्ञमा संकलित धान,चामल तथा नगद रु २५ हजार बाट साविक रामनगर २ बडेरामा श्री धान्याचल महायज्ञ नाम रहने गरि प्रा.वि तहको विद्यालय स्थापना गर्ने दाताहरुको चाहाना अनुसार विद्यालय स्थापना गर्ने निर्णय भए बमोजिम स्थानीय शिक्षक तथा संस्थापक प्रधानाध्यापक कृष्ण प्रसाद बगाले लगाएत स्थानिय शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजिवी तथा अभिभावकहरु बाट प्रारम्भमा स्याउलाको बार बनाइ वि.स २०४३ साल पौष महिनामा सोही स्थानमा विद्यालयको शुभराम्भ भएको थियो ।

वि.स २०४५ माघ १७ मा कक्षा १ को स्वीकृति तथा १ शिक्षक दरबन्दी प्राप्त गरेको विद्यालयले यसै दिनलाई स्थापना दिवसको रुपमा मनाउदै आएको अध्यक्ष सुर्य प्रसाद न्यौपानेको प्रतिवेदनमा जनाइएको छ ।

कार्यक्रममा सुनवल वडा नं १३ का वडा अध्यक्ष एवम नगर प्रवक्ता कृष्ण प्रसाद बगाले, सुनवल शिक्षा शाखा अधिकृत पशुपति भट्टराई, विद्यालय व्यवस्थापन समिति महासंघ केन्द्रिय सदस्य राम बहादुर क्षेत्रि, बडेरा सामुदायिक वन उपभोकता समुहका अध्यक्ष मदन पन्त, भगवती मा.वि वनकट्टीका प्रधानाध्यापक बाबुराम पाण्डे, लुम्बिनी साकोसका अध्यक्ष लेखनाथ खरेल, अक्षयकोषदाता प्रभाकर सिंह थापा, पुर्व प्रधनाध्यापक मुकुन्द सुचिकार, विद्यार्थी अनिता भुषाल लगाएतको शुभकामना मन्तव्य रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ऋषिराम भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले आर्थिक वर्ष २०८०/०८१ मा २ करोड ७१ लाख ८६ हजार २ सय ८४ को आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयका शिक्षक रामराज श्रेष्ठको संचालन रहेको कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, अक्षयकोष दाताहरु द्धारा प्रदान गरिएका शैक्षिक सामाग्राी उत्कृष्ट नतिजा दिने शिक्षक, शिक्षिका लगाएत लाई सम्मान गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित