काठमाडौं : सरकारले पहिलो चरणमा ४० जिल्ला र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको हो।
वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला र वैशाख २७ गते प्रदेश १, बागमती र कर्णालीमा चुनाव गर्ने निर्णय गरेको हो।
आफूलाई पार्टीभित्रैबाट काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुका साथै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए । सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरिदिएकी थिइन् ।
त्यसपछि संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा एक दर्जन बढी रिट परेका थिए। ती रिटहरुको सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। संसद विघटन लगत्तै दुई खेममा विभाजित नेकपाको आधिकारिकताको विवाद पनि चुलिदै गएको छ। एक समूहको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले गरेका छन् भने अर्को समूहको केपी ओलीले गरेका छन्। दुवै समूहले आफू नै आधिकारिक नेकपा दावी गर्दै आएका छन्।
सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

