Rashtriya Dainik

जाडो याममा ब्ल्यांकेटसहित मेयर चौधरी ।।।

विनोद मण्डल, माघ १६ । परिवर्तन र विकासको पथ रोजेका लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी जाडो याममा आम मानिसको दैनिकीमा प्रत्यक्ष्य प्रभाव पार्दै आएको चिसोको समयमा निरन्तर न्यानो कपडा वितरण अभियानमा सक्रिय भएको अवस्था रहेको पाईन्छ ।

लगातार आम जनताको भावनाको कदर गर्दै कतिपनि पछि नहटी निरन्तर परिस्थिति र समयको उच्च मूल्याङ्कन गर्दै आउनु भएका मेयर चौधरी लगातार आम जनताको हितमा लागेको पछिल्लो समयमा निरन्तर जाडो याममा खटिएको अवस्थाले प्रमाणित गर्दछ ।

समाजका विपन्न ,गरीब ,दलित र असाहय वर्गका हितमा काग गर्दै आएका मेयर चौधरीले लहान २२ को बर्छावा टोलमा गरीब , विपन्न र एकल महिला लगायत करिब ८० जनालाई एक औपचारिक कार्यक्रमका बीच जाडो छल्नका लागि न्यानो कपडा वितरण गरिएको बुझिएको छ ।

आयोजित कार्यक्रममा मेयर चौधरीले सहभागीहरुलाई न्यानो कपडा ओढाएर सम्मान सहित कपडा वितरण गरेको हो ।

आयोजित कार्यक्रममा बुद्धिजीवी, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित