Rashtriya Dainik

तेस्रो सुस्ता विद्यालय स्तरीय खेलकुद राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,१६ माघ

“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ तेस्रो सुस्ता विद्यालय स्तरीय खेलकुद राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता मङ्गलबार साझ सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रजित हरिजनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले विद्यालय स्तर देखि नै बालबालिकाहरुलाई खेलकुदको आधारभूत सीप सिकाइ भविष्यमा जिल्ला र राष्ट्र स्तरको खेलाडी बन्ने मार्ग प्रशस्त हुने धारणा राख्नु भयो।
उहाँले विद्यार्थीलाई किताबी ज्ञानको साथै अतिरिक्त क्रियाकलापको आवश्यकता हुने हुँदा खेलकुदको माध्यमबाट बालबालिकाहरुको सर्वाङ्गिण विकास हुने जिकिर गर्नुभयो।
कार्यक्रममा सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुषालले विद्यार्थीको जीवनमा सिकेका खेल सम्बन्धि सीपबाट नै उत्कृष्ट खेलाडीको बाटो खुल्ने विचार व्यक्त गर्नुभयो।


समापन समारोहमा सुस्ता ४ का वडा अध्यक्ष निल बहादुर गुरुङ,महेन्द्र मा.वि. कुडिया व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पाण्डे,सहिद विष्णु पाण्डे विद्यालयका प्र.अ. कमलेश प्रसाद गुप्ता लगायतले खेलकुदको महत्वबारे प्रकाश पार्नु भएको थियो।
सम्पन्न खेलकुद प्रतियोगितामा मा.वि. तर्फ महेन्द्र मा.वि. प्रथम,नेपाल राष्ट्रिय मा.वि. नर्सही द्वितिय र दिपक मा.वि. पक्लिहवा तृतीय भएको वडा सदस्य भान कुमार राजभरले जानकारी दिनुभएको छ।
त्यसैगरी आधारभूत तर्फ सहित विष्णु पाण्डे आधारभूत विद्यालय प्रथम, शुभकामना आ.वि. फेनहरा द्वितिय र नारायणी गण्डकी आ.वि. तृतीय भएको छ।
त्यसैगरी प्रा.वि. तर्फ सरस्वती प्रा.वि. नन्दनगर प्रथम,शिवशम्भु प्रा.वि. द्वितिय र हबिबिया निजामुल ओलम सुस्ता ४ बिर्ता तृतीय भएको कार्यक्रम सञ्चालक तारा प्रसाद न्यौपानेले बताउनु भयो ।


खेलकुद प्रतियोगितामा मा.वि. तर्फ उत्कृष्ट खेलाडी ने.रा. मा.वि. का विद्यार्थी कमरुदिन अन्सारी घोषित भएका छन भने आधारभूत तर्फ सहित विष्णु पाण्डे आ.वि. का विद्यार्थी रोहन हरिजन उत्कृष्ट खेलाडी घोषित भएको आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित