Rashtriya Dainik

क्षत्री समाज नेपालद्वारा त्रिवेणी मेलामा आउने तिर्थालुहरुलाई जलपान सहितको कार्यक्रम सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,१६ माघ

क्षत्री समाज नेपाल पश्चिम नवलपरासीले त्रिवेणी मेलामा आउने तिर्थालुहरुलाई जलपान सहितको कार्यक्रम सम्पन्न गरेको छ।

क्षत्री समाज नवलपरासीले त्रिवेणी मेलामा आएका तिर्थालुहरु मध्ये २ हजारको सङ्ख्यालाई जलपान गराएको समाजका अध्यक्ष मनोज क्षेत्रीले जानकारी दिनुभयो।

मेला भर्न आउने ठूलो सङ्ख्याका तिर्थालुहरु मध्ये जलपान स्थलमा आएका तिर्थालुहरुलाई आंशिक रुपमा भएपनि जलपान गराएर पुण्य आर्जन भएको महसुस आफुलाई भएको अध्यक्ष क्षेत्रीले बताउनु भएको छ।

“सेवा नै मुल धर्म हो” भन्ने मुल नाराका साथ आयोजना गरिएको तातोपानी सहितको जलपान कार्यक्रमलाई आगामी माघे अमावश्याका दिन पनि यो कार्यक्रमलाई अझ वृहत् सहित पुर्व तयारीका साथ गरिने पनि समाजले जानकारी दिएको छ।
यस वर्षबाट प्रारम्भ भएको जलपान कार्यक्रमलाई आगामी वर्षमा जनप्रतिनिधि,संघसंस्थाका प्रतिनिधि संग समन्वय गरि कार्यक्रमलाई अझ बढी संस्थागत रुपमा गरिने पनि बताइएको छ।


त्रिवेणी धार्मिक तिर्थ स्थल हो,यहाँ देश विदेशका हजारौं तिर्थालु आउने गर्छन। ती मध्ये ५ प्रतिशत भक्तजनहरुलाई जलपान र सेवा गर्न सकिए पनि संस्थाको उद्देश्य पूरा तर्फ उन्मुख भएको क्षेत्री अगुवाहरुले बताएका छन।
सोही अवसरमा विश्व हिन्दु परिषद नेपालका केन्द्रिय सचिव राजन प्रसाद उपाध्यायले धर्म,संस्कृतिको रक्षा गर्दै हिन्दु जागरणको अभियानका साथ त्रिवेणी धामलाई अझ बढी पहिचान सहितको तिर्थ स्थल बनाउने कार्यक्रममा लाग्नुपर्ने कुरा सञ्चारकर्मी संग बताउनु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित