प्रयागराज ,१६ माघ
महाकुम्भ मेलाका क्रममा गएराति करिब १:३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ को मृत्यु भएको छ। ५० भन्दा बढी घाइते छन्।
दैनिक भास्करकाअनुसार स्वरूप रानी अस्पतालमा १४ वटा शव पोस्टमार्टमका लागि पुर्याइएको छ। यद्यपि, प्रशासनले मृत्यु वा घाइतेहरूको संख्याको बारेमा औपचारिक जानकारी नदिएको समाचारमा उल्लेख छ ।
भागदौड पछि, प्रशासनको अनुरोधमा अमृत स्नान रद्द गरिएको छ। संगम नाकामा अत्यधिक भीड भएकाले यो निर्णय गरिएको अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीले बताए। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमा मुख्यमन्त्री योगीसँग घटनाको बारेमा जानकारी लिएका छन् ।
होहल्लाका कारण एकाएक भागदौड मच्चियो। केही महिलाहरू भुइँमा लडे र मानिसहरू तिनीहरूलाई कुल्चीमिल्ची गर्दै हिँडे। दुर्घटनापछि ७० भन्दा बढी एम्बुलेन्सहरू संगम किनारमा पुगेका थिए। यसै मार्फत घाइते र मृतकहरूलाई अस्पताल लगियो।
दुर्घटनापछि, एनएसजी कमाण्डोहरूले संगम किनारमा जिम्मेवारी लिएका छन्। संगम नाका क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ। भीड बढ्न नदिन प्रयागराज शहरसँग सिमानामा रहेका सबै जिल्लाहरूमा भक्तजनहरूको प्रवेशमा प्रतिबन्ध लगाइएको समाचारमा उल्लेख छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

