आरपि उपाध्याय / नवलपरासी ,१५ माघ
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकामा गाउँपालिका स्तरीय सरोकारवाला निकायहरुको उपस्थितिमा बालमैत्री स्थानीय शासन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा गाउँपालिका अध्यक्ष उपाध्यायले अभिभावक वर्गले आफ्ना बालबालिकाहरुलाई पोषणयुक्त खाद्य पदार्थ खुवाएर कुपोषण हुनबाट बचाउन पर्ने धारणा राख्दै सुस्ता गाउँपालिकालाई २०८३ चैत्र मसान्तसम्म बालमैत्री गाउँपालिका बनाउने साझा प्रतिबद्धतालाई मूर्त रुप दिन सबैमा अपिल गर्नुभयो।
कार्यक्रममा राष्ट्रिय सहजकर्ता शर्मिला पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रम सञ्चालिका साबित्रा आलेले जानकारी दिनुभएको छ।

सो अवसरमा गाउँपालिका उपाध्यक्ष गितादेवी चौधरी,प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल,गाउँपालिका अन्तर्गतका वडा अध्यक्षहरु,बालबालिका का क्षेत्रमा कार्य गर्ने संघसंस्थाका प्रतिनिधि,शाखा प्रमुख,स्थानीय प्रहरी र सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

