Rashtriya Dainik

साना किसान कृषि सहकारी संस्थाकाे धितो लगानी लगायत वित्तीय कारोबार ठप्प

आरपि उपाध्याय / नवलपरासी ,१५ माघ

साना किसान कृषि सहकारी संस्था विनयी त्रिवेणी ७ नवलपुरमा सञ्चालक समिती सदस्य सम्बन्धि गणितीय विवाद अझै साम्य हुन नसक्दा धितो लगानी लगायत वित्तीय कारोबार प्राय ठप्प नै रहेको छ।

साना किसान कृषि सहकारी संस्थामा ऎन,नियम,विनियमको आधारमा परिभाषित गरिए बमोजिम समिती चलायमान हुन नसक्दा संस्था नै अनिर्णयको बन्धी बन्न पुगेको हो।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक साधारणसभा पौष मसान्त भित्र गरि सक्नु पर्ने प्रावधान अनुसार समितीमा सञ्चालक सदस्यहरु २ धारमा विभाजित भएपछि कठिन छलफल र बहस पश्चात् पौष २८ गते साधारणसभा सम्पन्न भएको थियो।

विवादका कारण साधारणसभा सम्पन्न गर्न सकिने अवस्था न्यून भएपनी मध्यमार्गी प्रयासबाट साधारणसभा भएको एक सञ्चालक सदस्यले जानकारी दिनुभएको छ।
साधारणसभाले संस्थामा देखा परेको समस्या समाधान गर्न स्थानीय प्रकाश कुवरको संयोजकत्वमा ५ सदस्यीय समस्या समाधान समिती चयन भएको थियो।

समस्या समाधान समितीले २ साताभित्र समस्याको पहिचान र समस्या समाधान बारे गहन अध्ययन गरि माघ १४ गते संस्थाकी अध्यक्ष सरस्वती बस्नेतलाई प्रतिवेदन बुझाएको जानकारीमा आएको छ।
प्रस्तुत प्रतिवेदनमा ऎन,नियम अनुसार सञ्चालक समितीको पदावधि २ वर्षसम्म रहेको र सो अवधि अझै कायमै रहेको भन्दै संस्थाद्वारा गरिने आर्थिक क्रियाकलाप चलायमान गर्न कुनै आपत्ति नपने पनि उल्लेख गरिएको छ।

कार्यदलले ११ जनाको सञ्चालक समिती कायम गर्ने भन्ने विषयमा पुनर्लेखन विनियममा कतै उल्लेख नभएकाले अन्योलताको अवस्था सृजना भएको र विशेष साधारणसभा बोलाउने वस्तु पुरक आधार नदेखिएको हुँदा अर्को निर्वाचन नहुदा सम्म साधारणसभाबाट पुनर्लेखन विनियम बमोजिम ११ सदस्यीय सञ्चालक समिती नै ठहर भएको समस्या समाधान समितीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

पछिल्लो समय यता साना किसान कृषि सहकारी संस्थाका सञ्चालक मध्ये ५ जना सञ्चालक सदस्यहरुले अध्यक्ष सरस्वती बस्नेतलाई राजिनामा पत्र बुझाएको जानकारीमा आएको छ।
सहकारी बारे चर्को बहस र चिन्तन गर्नेहरु संस्थामा चुलिएको समस्या समाधान गर्न किन पछाडी परेका छन यो प्रश्न अति नै गम्भीर बनेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित