Rashtriya Dainik

सरावल गाउँपालिकाकाे १५ औं गाउसभा एवं हिउदे अधिवेशन सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,१३ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले १५ औं गाउसभा एवं हिउदे अधिवेशन सम्पन्न गरेको छ ।
´स्वास्थ्य, शिक्षा,कृषि र पुर्वधार : समृद्ध सरावलकाे आधार ’ मूल नारासहित सरावल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सरावलमा गाउँ सभाको १५ औं अधिवेशन सम्पन्न भएको हो ।

गाउँ सभामा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले कृषि, स्वास्थ्य, शिक्षा, पुर्वाधार र पर्यटनलाई प्राथमिकता राखेर काम गरेको बताउदै सरावल गाउँपालिकाले गौरवका योजना अगाडि बढाएको र भईरहेका कामको स्थानीयलाई सहज र सुलभ रुपमा सेवा दिनुपर्नेमा जोड दिनुभएको थियो ।

पालिका अध्यक्ष चाैधरीले अब छिट्टै पालिकाकाे प्रशासनिक भवन निर्माण हुने र १५ शैया अस्पतालकाे काम प्रक्रिया पनि अगाडि बढाइने बताउनुभयो ।

सम्पन्न अधिबेशनले तीन वटा विधेयक पास गरी ऐनको रुपमा जारी गरेको छ । अधिवेशनले सभा सञ्चालन कार्यविधि २०८१, व्यवसाय कर व्यवस्थित गर्न बनेको विधेयक २०८१ र शिक्षा ऐन दोश्रो संशोधन २०८१ पास गरेको हो ।

सभा सञ्चालन कार्यविधि २०८१, वडा नं. ७ का अध्यक्ष ह्यात खाँ धुनियाँले प्रस्तुत गर्नु भएको थियो भने व्यवसाय कर व्यवस्थित गर्न बनेको विधेयक वडा नं. ४ की सदस्य रञ्जना महतोले पेश गर्नु भएको हो । यस्तै शिक्षा ऐन दोश्रो संशोधन विधेयक वडा नं. २ का कार्यवाहक वडाध्यक्ष तुफानीलाल गुप्ताले सभामा पेश गर्नु भएको हाे ।

त्यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष फिरंगी चाैधरीले न्यायिक सम्बन्धि प्रतिवेदन पेश गर्नुभएको थियाे।

सवै विधेयकहरु १५ औं गाउँ सभाले पास गरेको छ । सो अवसरमा उपाध्यक्ष वासमती हरिजनले चालु आ.ब.२०८१।०८२ को बजेट संशोधन प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । सभामा प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले चालु आ.ब.२०८१।०८२ को ६ महिनाको प्रगति समिक्षा प्रस्तुत गर्नु भएको थियोे ।

सो अवसरमा गाउँ कार्यपालिकाका सदस्यहरुले शुन्य समयको उपयोग गर्दै जनप्रतिनिधिहरुलाइ नेतृत्व तथा काम, कर्तव्य र अधिकार सम्बन्धी प्रशिक्षण सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए ।

यस्तै सेवाग्राही नागरिकहरुलाई सर्वशुलभ, छिटोछरिता र पारदर्शी ढंगले सेवा प्रवाह गर्न कर्मचारीहरुलाई सभासद गोरे राना मगरेले आग्रह गर्नु भएको छ । सभासदहरुले सरावल गाउँपालिका खेलकूदको उर्वर क्षेत्र भएकोले राष्ट्रिय स्तरका खेलाडि उत्पादन गर्न विद्यागत खेल प्रशिक्षण सञ्चालन गर्न जोड दिएका हुन ।

सम्पन्न भएको गाउँसभाबाट सरावल साविक रामपुरखडौना गा.वि.स. को कार्यालयबाट मिति २०६१।०८।०१ गते अस्थायी नियुक्ती भई अनवरत रुपमा २०८१।०४।०४ सम्म सरावल गाउँपालिका वडा नं.६ को कार्यालयमा ऋषि प्रसाद चौधरी कार्यालय सहायक पदमा कार्यरत रहि अवकास प्राप्त गरेकोले पालिकाबाट तीन लाख पचिस हजार छ सय एघार रुपैया सहित सम्मानपत्र प्रदान गरिएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित