Rashtriya Dainik

रुपन्देहीमा रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश

रुपन्देही,१३ माघ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले रवि लामिछानेलाई एक कराेड धराैटी लिएर रिहा गर्न आदेश दिएकाे छ । रास्वपा सभापतिसमेत रहेका लामिछानेसँग एक करोड रुपैयाँ धरौटी लिएर रिहा गर्न अदालतले आदेश दिएकाे हाे ।

आइतबार भएकाे थुनछेक बहस सकिएपछि न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको जनाइएकाे छ । सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलगायत २२ जनाविरुद्ध पूरक मुद्दा दायर भएको थियो । धरौटी बुझाएपछि लामिछाने रिहा हुनेछन् । त्यसो त अहिले पनि लामिछाने परिवारकै जिम्मामा थिए ।

लामिछानेसँग यसअघि पोखरास्थित सूर्यदर्शन सहकारी गठी प्रकरणमा ६५ लाख र काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख रुपैयाँ धरौटी मागिएको थियो । दुई अदालतमा धरौटी बुझाएर उनी रिहा भएका थिए । अब लामिछानेमाथि चितवन जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी छ ।

लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित