Rashtriya Dainik

बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या : प्रहरी चौकीका प्रमुख निलम्बित

२७ माघ, काठमाडौं । भारतको बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या गरेको घटनामा मुछिएपछि स्थानीय प्रहरी चौकीका इन्चार्जलाई निलम्बन गरिएको छ ।

मोतिहारी प्रहरीका एसपी नवीन चन्द्र झाले कुण्डवा चैनपुर थानाका प्रमुख सञ्जीवकुमार रञ्जनलाई निलम्बन गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

उनीमाथि आरोपीसँग मिलेको र पीडितको जाहेरी लिन अस्वीकार गरेको आरोप लागेको छ । आरोपी र थाना प्रमुखबीचको अडियो कुराकानी भाइरल भएपछि मिलिभगतको आशंका गरिएको थियो ।

यही माघ ८ गते बर्दियाको बारबर्दिया नगरपालिका-३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरेर जलाएका थिए । मृतकका परिवार भारतमा मजदुरी गर्दै गुजारा चलाउँदै आएका थिए ।

 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित