कपिलवस्तु २७ माघ
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत कपिलवस्तु नगरपालिकाका सय जनालाई पेन्टिङ तालिम मार्फत रोजागरी दिने ब्यवस्था मिलाइएको छ । पेन्टीङ तालिमकालागि आईडिएल ईन्जीनीयरिङ कन्सलटेन्सी प्रालिको सहकार्यमा सुचीकृत सय जनालाई तालिम सुरु गरिएको हो । कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले तालिम पछि उनीहरुलाई मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी समेत दिईने बताए । तालिम लिएकाहरुलाई सूरुमा सरकारी बिद्यालयमा पेन्टीङ गर्नकालागि रोजागरी दिईने उनले बताए । ‘ हामीले सिपसंगै रोजगारी दिएर यो कार्यक्रममा नेपाल मै नया सूरुवात गरेका छौ ’ उनले भने । अहिले गाउ समाजमा दक्ष पेन्टिङ गर्ने कामदारको अभाव भएको बेला पेन्टीङको सिप सिकेकाहरुले अन्य ठाउमा समेत सजिलरी रोजागरी पाउने उनले बताए । प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले कार्यक्रम मार्फत रोजगारी र सिप दिएर नगरपालिलकोले नौलो काम गरेको बताए । उनले यसबाट तालिम लिएकारुले धैरै फाईदा पाउने बताए । कन्सलटेन्सीका प्रबन्ध निर्देशक अरुण अर्यालले १० जना दक्ष प्रशिक्षकले ५ समुह बिभाजन गरी १० दिने तालिम दिइने बताए । उनले तालिममा ९० प्रतिशत सहभागीता जनाएकाहरुलाइृ मात्र प्रमाण पत्र दिईने बताए । कार्यक्रम संयोजक सुरेश बराईलीले रोजागरीकालागि सुचीकृत ९ सय ९४ मध्ये सय जनालाई पेन्टीङ तालिममा सहभागी गराइएको बताए । तालिम लिएकाहरुलाई सरकारी मापन्ड अनुसार छनौट गरिएका बिद्यालयहरुमा काममा खटाईने र ज्याला समेत दिईने सहजकर्ता रुकैया खातुनले बताईन । मेयर सिंहको अध्यक्षता, सुरेश बराईल्ीको संचालनमा भएको उदघाटन कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्माले मन्तब्य दिएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

