Rashtriya Dainik

मेयर भरत थापाले दुई युवालाई उच्च शिक्षा पढाउन लिए आर्थिक जिम्मेवारी

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापाले दुई विद्यार्थीको उच्च शिक्षाको जिम्मेवारी लिएका छन्।

आर्थिक अवस्था कमजोर भएपछी उच्च शिक्षा हासील गर्न नसक्ने अवस्थामा पुगेका वडा नम्बर २ का पप्पु हरिजन र सुकदेव हरिजनको उच्च शिक्षाको लागि आवश्यक आर्थिक सहयोग गरेका हुन्।


आर्थिक अवस्था कमजोर हुदा अध्ययन छाडेर रोजगारीको खोजिमा रहेका उनीहरुलाई पहिलो वर्षको अध्ययन खर्च स्वरुप ५१ हजार ९ सय ६० रुपैया लुम्विनी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

‘अध्ययनमा रुचि हुदाहुदै आर्थिक कारणले विद्यम्लय छाड्न लागेको थाहा पाएपछी मैले उनीहरुको लागि स्तानकोत्तर सम्मको जिम्मा लिएको छु । ’नगर प्रमुख थापाले भने,‘अध्ययनबाट कोही पनि विमुख हुन नपरोस भन्ने मेरो मान्यता हो । ’ बाध्यताले अध्ययन छाड्नुपर्ने अवस्थामा पुगेको थिए , अहिले नै कामको खोजिमा हिड्दा सामान्य मजदुरी गर्नुपर्ने अवस्था आउन सक्दथ्यो ।

’सुकदेव हरिजनले भने,‘अव राम्रोसंग अध्ययन गरेर सरकराी सेवामा प्रवेश गर्ने लक्ष्य छ ।’ सरकारी सुविधा उपभोग नगर्ने घोषणा गरेका सुनवल नगरपालिकाका प्रमुख थापाले आफुले पाउदै आएको तलब भत्ता वृद्धवृद्धा, असाहाय, विरामी र सामाजिक काममा खर्च गर्दै आएका छन् । अहिले सम्म प्राप्त सबै सुविधा थापाले सामाजिक काममा सहयोग गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित