कृष्णनगरको १३ औं नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न

कृष्णनगर, पुस २८

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको १३ औं नगरसभा ” कृष्णनगर नगरपालिकाको प्रतिबद्धता सुशासन, स्वस्थ समृद्ध र खुशी जनता ” भन्ने प्रमुख उद्देश्यका साथ सम्पन्न भएको छ ।  कार्यक्रमको अध्यक्षमा नगर प्रमुख रजत प्रताप शाह, कार्यक्रमको उपाध्यक्ष उप प्रमुख आरती देवि चौधरी कार्यक्रमको सचिवमा प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा रहेका थिए। 

नगर सभाको उद्घाटन गर्दै नगर प्रमुख  रजत प्रताप शाहले आर्थिक वर्ष बर्ष ०८१ र८२ मा नगर भित्र भएका कार्यक्रमको समिक्षा गर्नु भएको थियो ।

नगर सभालाई सम्वोधन गर्दै नगर प्रमुख शाहले कृष्ण नगरपालिकालाई समृद्ध नगर बनाउन प्रयत्न गरीरहने बताउनु भयो ।उहाँले कार्यक्रममा नगरका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारी लाई आ आफ्नो जिम्मेवारी पूर्ण रूपमा बहन गर्न  निर्देशन दिनु भएको थियो ।

आर्थिक ऐन तथा आर्थिक बर्ष विनियोजन ऐन संसोधन , संघ संस्था ऐन २०८१  नगर प्रवक्ता हरिपाल चतुर्वेदीले पेश गरेका थिए। सो ऐनहरू नगरसभा बाट सर्वसम्मतिले पास भएको थियो। लेखा समिति प्रतिवेदन निर्णयार्थ नगर प्रमुख रजत प्रताप शाहले पेश गरेका थिए। 

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार, लगायतको उपस्थित रहेको थियो। कार्यक्रम संचालन ईश्वरी प्रसाद पौडेलले गर्नुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!