नवलपरासीमा माघी मेलाको तयारी तिब्र,मनरीमा तीन दिन मेला लाग्ने

उमेश बि.क / नवलपरासी ,२८ पुस

थारु जातिहरुको मुख्य पर्व माघि तथा माघे सक्रान्ति पर्व आउन अब दुई / तीन मात्र बाकीँ रहदा नवलपरासीमा त्यसको तयारी थालिएको छ ।

माघी मेला गत वर्ष भन्दा फरक किसिमले आयोजना गर्ने तयारी गरिएको नगेन्द्र चाैधरीले बताउनुहुन्छ ।

नवलपरासीको चाैपता र मनरीमा मेला आयाेजनागरी विशेष रुपमा माघि पर्व मनाउने गरिन्छ ।

मनरीमा पुस २९ गते देखि माघ २ गतेसम्म मेला आयोजना हुने गरी तयारी तिब्र पारिएको छ।

मेलामा थारु सासंकृतिक कार्यक्रम हुनुको साथै स्थानीय तथा राष्ट्रिय कलाकारकाे बेजोड प्रस्तुति रहने श्रीराम युवा प्रतिष्ठानले जनाएको छ।

मेलामा थारु जातिकाे घरको साथै थारुहरुले प्रयाेग गरेका समानहरुकाे पनि प्रदर्शन गरिने आयाेजकले जनाएको छ । यसका साथै रक्तदान कार्यक्रम , वडा स्तरीय भलिबल प्रतियोगिता ,थारु कलाकाे प्रदर्शनी स्टल , थारु नाटक लगाएतकाे कार्यक्रम गरिने श्रीराम युवा प्रतिष्ठानले जनाएको छ।

Logo
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ।

jayabajarangi_itta_udhog