Rashtriya Dainik

जुनेली कृषि सहकारी संस्थाकाे १२ औं साधारणसभा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,२७ पुस

जुनेली कृषि सहकारी संस्था सुस्ता ५ पक्लिहवाको १२ औं साधारणसभा शनिबार सम्पन्न भएको छ।

संस्थाकी अध्यक्ष बेइला कलवारको अध्यक्षता तथा सुस्ता गा.पा.५ का वडा अध्यक्ष प्रभुनाथ अहिरको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।

सो अवसरमा वडा अध्यक्ष अहिरले सहकारी संस्थाहरुको माध्यमबाट ग्रामीण भेगका सेयर सदस्यहरुमा आर्थिक क्रियाकलाप बलियो बन्दै गएको धारणा राख्दै सहकारी संस्थाको माध्यमबाट विपन्न वर्गले पनि बचत गर्ने बानीको विकास हुँदै आएको जिकिर गर्नुभयो।
संस्थाको साधारणसभामा व्यवस्थापक प्रमिला धोबीले संस्थाको गतिविधि माथि प्रकाश पार्नु भएको थियो भने लेखा संयोजक रबिन्द्रनाथ यादवले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
साधारणसभामा प्रधानमन्त्री कृषि परियोजना शाखा कार्यालय पजरकट्टीका प्राविधिक जीवन डुम्रे,वडा सदस्यहरु सरीतादेवी लोनिया,प्रभावती हरिजन, पत्रकार श्याम बुचा मगर लगायतले सहकारी गतिविधि माथि प्रकाश पार्नुभयो।

सो अवसरमा नियमित बचतकर्ता असल ऋणी र संस्थालाई प्रत्यक्ष सहयोग पुर्याउनु हुने एक दर्जन महानुभावहरुलाई कदरपत्र सहित सम्मान गरिएको कार्यक्रम सञ्चालक निजानन्द जैसवालले जानकारी दिनुभएको छ।
संस्थामा कुल २४६ सेयर सदस्य रहेका छन भने गत आर्थिक वर्षमा कुल १ लाख ३८ हजार शुद्ध नाफा भएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको थियो।

“आजको बचत भोलिको उज्ज्वल भविष्य” भन्ने मुल नाराको साथ आयोजना भएको साधारणसभामा संस्थाका सेयर सदस्य,जनप्रतिनिधि, सुरक्षा निकाय र छिमेकी सहकारी संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित