नन्दु यादव माघ २६ नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ७बर्गदवामा रहेकाे बर्दघाटे कालिका मन्दिर पर्यटकिय स्थलकाे रुपमा बन्दै गईरहेकाे छ ।हरेक दिन सयाैकाे सख्यामा अान्तरिक पर्यटक तथा भारतकाे विभिन्न ठाउबाट भक्त श्रध्दालु अाउने गरेका छन ।बिगत १५०बर्ष अाडि देखि याेे धार्मिकस्थलकाे रुपमा चिनिने गरिन्छ ।१५०बर्ष अगाडि याे ठाउमा जङल मात्र रहेकाे थियाे । तेहि बेला कालिका माता अायर अाफ्नाे यश ठाउमा बाँस बसिन भने तेहि दिन अर्काे उनकाे बहिनी भारतकाे सियाभारमा गएर बाँस बसिन तेसैले यहाकाे नाम बर्दघाटे कालिका मन्दिर राखियाे भने ।

भारतमा सियाभार कालिका मन्दिर राखिएकाे मन्दिरका पुजारी सुदामा दास यादवले बताउनु भयाे ।
बाँस स्थान भयपछि बिस्तारै जङल काटदै र मन्दिर निमार्ण हुँदै गएकाे थियाे ।खास गरि यहाँ मानिसहरुले भाकल गरेकाे कुरा पूरा हुने धार्मिक बिश्वास गरिन्छ ।बच्चा नहुने , विभिन्न राेगबाट ग्रसित बिरामि निकाे नहुने ,घरमा भुत प्रेतले सताएकाे लगायतका कुरा यहाँ भाकल गर्दा यि समस्या हरु समाधान भईरहेकाे कुरा रहेकाे छ ।

प्रत्येक दिनमा यहाँ सयाै मानिसहरुकाे भिडभाड रहेकाे देख्न सकिन्छ ।नेपालकाे नवलपरासी रुपन्देही लगायत भारतकाे निचलाैल महाराजगन्ज ,गाेरखपुर लगायतकाे ठाउबाट मानिसहरु पुजापाठकाे लागि अाउने गर्दछन ।मन्दिर परिसर मा लगभग ५०वटा कालिका ,पार्वति ,गणेश भगवान ,हनुमान ,शकर भगवान लगायत भगवानकाे मुर्ति रहेकाे बताईएकाे छ।मन्दिर प्रागण भित्र मनाेरम हरियाली बाताबरण रहेकाे छ ।शान्तपुर्ण बाताबरणमा अवस्थित यस मन्दिरमा विभिन्न ठाउबाट पिकनिक समेत अाउने गरेका छन ।

पिकनिक का लागि ३वटा ट्रस्ट समेत बनाईएका छन।मन्दिर १०बर्ष देखि प्रतेक बर्ष काे रामनवमि काे दिनमा महायज्ञ समेत हुँदै अाएकाे छ मन्दिर बिकासका लागि महायज्ञ गर्दै अाएकाे बताईएकाे छ ।मन्दिर बिकास का लागि ट्रस्ट र मुल मन्दिर गेट निर्माणका लागि माननीय मन्त्री हृदेश त्रिपाठी ले ससद बिकास काेषबाट अार्थिक सहयाेग गर्ने भएकाे थियाे भने ट्रस्ट र बाउण्डरी निर्माणमा पुर्व सासद देवकरण कलवार सन्तुले ससद बिकास काेषबाट अार्थिक सहयाेग गर्नु भएकाे थियाे।मन्दिर निर्माण चन्दा सकलनबाट गरिएकाे थियाे ।

निकै शान्त ठाउमा अवस्थित याे मन्दिर काे बिकासका लागि सरावल गाउपालिका बाट पनि बजेट बिनियाेजन गरिएकाे सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चाैधरी ले बताउनु भयाे ।यश मन्दिरलाई बिकास गर्न गाउपालिका लागि परेकाे समेत वहाले बताउनु भयाे।मन्दिर बिकास गरि सरावल गाउपालिकालाई धार्मिक स्थलमा प्रसिद्ध गराउने लक्षय रहेकाे समेत बताउनु भयाे ।यसै गरि वडा स्तरबाट समेत सधै सहयाेग गर्ने वडा न ७का वडा अध्यक्ष हेयात खा धुनियाले बताउनु भयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

