Rashtriya Dainik

नागरिक सहकारीको अध्यक्षमा पुनः राजकुमार घिमिरे

तुलसीराम पौडेल / रुपन्देही , पौष २६

रुपन्देहीको सियारी गाउँपालिका -४ दयानगर छपिया स्थित नागरिक बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा तथा चौथो निर्वाचन शुक्रबार सम्पन्न भयो।
साधारण सभा सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।

सम्पन्न ११ औं साधारण सभा तथा चौथो निर्वाचनले पुनः राजकुमार घिमिरेको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ जसको उपाध्यक्षमा बद्री प्रसाद थारु ,सचीवमा गोपाल पाण्डे ,कोषाध्यक्षमा खिमबहादुर ज्ञवाली सर्वसम्मत निर्वाचित हुनुभएको छ। त्यसै गरि सदस्यहरुमा सुनिल पराजुली ,गणेश प्रसाद गौतम ,शान्ती श्रेष्ठ रहनुभएको छ ।

लेखासमिती संयोजकमा खिमानन्द पाण्डे , सदस्यहरुमा बाबुराम तिवारी र सुरेश किरण कार्की सर्वसम्मत हुनुभएको छ। त्यसै गरि सल्लाहकारमा मोतिलाल गैरे ,बिष्णु घिमिरे र थानेस्वर घिमिरे रहनुभएको छ।
संस्थाका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षता,सियारी गाउँ पालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष तारा थारुको विशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा वार्ड नम्बर ४ का वडा अध्यक्ष श्रीराम यादव ,वार्ड नम्बर ५ का वडा अध्यक्ष धनपती खरेल ,सियारी सहकारी संजालका अध्यक्ष सुर्यनारायण यादव ,शान्ति दिप महिला विकास सहकारीकि अध्यक्ष बिष्णु माया जैसवाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

संस्थाका अध्यक्ष राजकुमार घिमिरेबाट अध्यक्ष प्रतिवेदन प्रस्तुत ,कोषाध्यक्ष खिमबहादुर ज्ञवालीबाट आर्थिक प्रतिवेदन प्रस्तुत,लेखासमिती सदस्य बाबुराम तिवारीबाट लेखा प्रतिवेदन प्रस्तुत ,ॠण लगानी उपसमिति संयोजक गणेश प्रसाद गौतमबाट ॠण लगानी प्रतिवेदन प्रस्तुत , संस्थाका उपाध्यक्ष बद्री प्रसाद थारुको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संस्थाका व्यवस्थापक दामोदर प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित