राजन कुमार बानिया /पर्सा ,२६ पुस
दिब्य बचत तथा ऋृण सहकारी संस्था लि. बिरंचीबर्वाकाे अाज २७ अौ बार्षिक सधारण सभा सम्पन्न भएको छ।
सधारण सभा पर्साको पोखरिया नगरपालिकामा रहेको शिवमंदिरको सभाहलमा भएको सधारण सभामा अार्थिक बर्ष २०८०/०८१ को बजेट ९ करोड ४० लाख ५७ हजार अाठ सय १६ रुपैयाको अाय ब्याय प्रस्तुत गर्नु भएको थियो भने २०८१/०८२ चालु अार्थिक बजेट १५ करोड ८१ लाख ८२ हजार बराबरको बार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको थियो।
२७ अौ बार्षिक सधारण सभाका प्रमुख अतिथि रहनु भएका कालिकामाई गाउँपालिकाका वडाअध्यक्ष जयनारायण पटेलले कार्यक्रमका उद्घाटन गर्दै भने दिब्य बचत तथा ऋृण सहकारी संस्था लि.ले महिला र पुरुषलाई साक्षर बनाएर सहुलियत दरमा ऋृण दिएर रोजगारी मुल्क बनाएको छ।
संस्थाले बिना धितोमा लाखौ लाख लगानी गरेर कृषि,भैसी पालन,बाख्रापालन,तथा ब्यपार लगायतमा लगानी गरेर रोजगार मुलक बनाएको छ। अहिले बिभिन ब्यक्तिले संस्थाहरुलाई बदनाम गर्न खोजिरहेका छन। यो संस्था सेयर धनीहरुको हो यसमा बाकी रहेको ऋृणहरु उठाउनमा सहयोग गरिदन अाग्रह समेत गरे।
संस्थाका अध्यक्ष उमेश चौहानको अध्यक्ष्ातामा भएको कार्यालयमा बोल्दै भने यो संस्थामा अाएको अामदनी संस्थाले स्वास्थ्य ,शिक्षा ,कृषि सडक लगायत मठमन्दिरमा लगानी हुन्छ दाबी गरे। अध्यक्ष चौहानले भने संस्था माथी बिस्वास गरेर सेयर धनी बन्न अाग्रह समेत गर्नु भएको थियो ।दिब्य बचत तथा ऋृण सहकारी संस्था लि. बिभिन किसिमका रोजगारी मुल्क योजना लिएर अाएको छ। संस्थाले युवा , रोजगारी मुलक योजना लिएर अाएको छ। युवाहरुलाई सहुलियत दरमा ऋृण दिएर रोजगारी सृजना गर्ने अध्यक्ष चौहानले बताए ।यो संस्था दुख सुखका साथी पन रहेको दाबी गरे।
सधारण सभामा छिपहरमाईका शंकर महतोले ६५ साल देखि अहिले सम्म ५५ लाख सम्म ऋृण लिएर राम्रो अामदनी गर्नु भएको र सम्य समयमा ऋृण चुक्ता गर्नु भएकोमा संस्थाले गमछा अोढाएर हाथे घडी र कदर पत्र दिएर सम्मानित गरेका थिए।
संस्थामा राम्रो काम गर्ने ऋृणि, सेयर धनी, कर्मचारी ,लगायत लाई सम्मानित भएका छन । साथै दुई जना पत्रकार लालबाबु बानिया, धर्मेन्द्र चौरसियालाई समेत गमछा टिकामाला र प्रमाणपत्र दिएर सम्मानित गरेका छन।
कार्यक्रममा गैर सहकारी संस्था पर्साका अध्यक्ष छठु साह, सहकारी बैंकका प्रतिनिधि बिरेन्द्र प्रसाद, संस्थाका कोषाध्यक्ष देवनाथ प्रसाद पत्रकार लालबाबु बानिया,धर्मेन्द्र चौरसिया लगायतले सधारण सभाको शुभकामना मन्तब्य ब्यक्त गरेका छन।
कार्यक्रममा सेयरधनी , कर्मचारी, सधारण सदस्य ,पत्रकार , सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो। कार्यक्रम संचालन रामाकान्त पटेलले गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

