Rashtriya Dainik

सुनवलमा वडा बाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

राष्ट्रिय दैनिक /नवलपरासी , २६ पुष

सुनवल नगरपालिका वडा नम्बर १ को वडा कार्यालयले जेष्ठ नागारिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षाभत्ता वडा कार्यालयबाट वितरण गर्न सुरु गरेको छ । वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको अध्यक्षता एवम सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, कार्यपालिका सदस्य सीता भण्डारी, वडा सदस्य कृष्ण बहादुर क्षेत्रि, सदस्य बाल कुमारी दर्जी लगाएतको उपस्थिति रहेको कार्यक्रमको संचालन वडा सदस्य प्रशुराम कवरले गर्नुभएको थियो ।

आज वडा कार्यालय बाट १ सय ८७ जना जेष्ठ नागरिक, एकल महिलाहरुलाइ सामाजिक भत्ता बितरण गरिएको वडा अध्यक्ष मन बहादुर थापा मगरले जानकारी दिनु भएको छ ।

त्यसैगरी बृद्धबृदा अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाइ घरमा गएर भत्ता वितरण गर्ने वडा अध्यक्ष थापाले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित