नेपाली काँग्रेसका वडाकार्य समिति विर्ताटेंगरैयामा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि
स्व.उपेन्द्र सिंहकाे १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ। जङ्बहादुर दास थारुको अध्यक्षतमा भयेको कार्यक्रममा प्रमुख अतिथिमा पार्टीका केन्द्रिय उपसभापति बिमलेन्द्र निधिले कम्युनिस्टहरुको कारण देश संकटमा फसेको होर प्रतिनिधि सभालाइ जिवनत बनाउन काङ्ग्रेस जनताको बीचमा जान्छ उहाँको भनाई थियो भने कार्यक्रमका बिशिस्ट अतिथिमा पुर्व उपसभामुख चित्रलेखा यादव,पुर्व मन्त्री फर्मुल्लाह मन्सुर,पुर्व मन्त्री गगन थापा, जिल्ला सभापति अजय द्विवेदी सचीव श्याम पटेल अतिथिहरुमा पुर्व सभापति राजेन्द्र बहादुर अमात्य,पुर्व सान्सद अनिल रुङटा,महासमिति सदस्य बिरेन्द्रलाल नेपाली,श्याम पोखरेल,उपसभापति दिना गुप्ता,सचिव श्याम पटेल,महासमिति सदस्य बिजय कर्ण,डा.कृपासिन्धु चौधरी,प्रदेश सभा सदस्य राजेश्वर साह कोषाध्यक्ष इम्तियाज आलम, स्वा वि यु का पुर्व सभापति वैकुण्ठ श्रीवास्तव र क्षेत्रीय सभापति बिजय सरार्फ लगाएतकाले आफ्नो शोक व्यक्त गरेका थिए ।
कार्यक्रममा पार्टीका स्थानिय नेता कार्य कर्ता र जनसमुदाय लगायतका उपस्थिति रहेको थियो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

