Rashtriya Dainik

पिचुरखीका घनश्याम रैदास माघ ७ गतेदेखि सम्पर्कविहिन

कपिलवस्तु /२६ माघ

कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका वडा नं. १ पिचुरखीका घनश्याम रैदास माघ ०७ गतेदेखि सम्पर्कविहिन भएका छ्न् । यहि माघ ०७ गते बिहान ९बजे घरबाट निस्केको र रातीसम्म पनि घर नफर्कदा उनको खोजी गर्न थालिएको हो। घनश्याम प्राय पकडी र बर्रोहिया चौराहामा दिन भरी बस्ने गर्दथे । मानसिक संतुलन ठिक नरहेको उनको दाई शम्भु रैदासले बताउनु भयो। हाल घनश्यामको उमेर 36 वर्ष रहेको, उचाई 5फिट ,अनुहारको रंग गहुँगोरो रहेको पनि उहाले बताउनु भयो । घनश्याम सबैभन्दा कान्छो भाइ पनि हुन ।करिब १९ दिन भइसक्दा पनि कतै नभेटिएकोले उनको परिवारले चिन्ता व्यक्त गरेको छ। उहाँलाई कहिकतै देख्नुहुनेले सम्पर्क नं. ९८१९४१८४८० ९८६६८६०२५३ ९८०७५३३१०१ सम्पर्क गरि जानकारी गराईदिनुहुन परिवारले अनुरोध गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित