भारतको उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुटेर आएको बाढीले बाँध भत्काएपछि हराइरहेकामध्ये अहिलेसम्म १० जनाको शव निकालिएको छ । २५ जनाको उद्धार गरिएको छ । तपोवनबाट १२ र रैणीबाट १३ जनाको उद्धार गरिएको आज तक ले जनाएको छ ।
अझै डेढ सय भन्दा बढी हराइरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन । उद्धार तथा खोजीका लागि प्रहरी, सेना, स्थानीय नागरिकलगायत झण्डै २५० जनाको टोली खटिएको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले एनडीआरएफ, आईटीबीपी र एसडीआरएफको टोलीसँगै वायुसेना तयारी अवस्थामा राखिएको जानकारी गराएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै बाढीमा ज्यान गुमाएकाका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् । यस्तै उत्तराखण्डका मुख्यमन्त्री रावतले ज्यान गुमाएकाका परिवारलाई ४–४ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।
आइतबार दिउँसो उत्तराखण्डको चमोली जिल्लाको हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको थियो । हिमताल फुट्दा ऋषिगङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । न्युज एजेन्सी आज तक महाराजगंज
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

