Rashtriya Dainik

केदारस्यूमा युवा तथा कृषकका लागि ३ महिने बेमौसमी तरकारी खेती तालिम सञ्चालन

उत्तमकुमार थापा / बझाङ

बझाङ जिल्लाकाे केदारस्यू गाउँपालीकामा बजारमा अाधारीत प्राविधिक तथा व्यावसायिक सीप प्रवद्वन परियाेजना सञ्चालन गरिएको छ ।

देशमा बढ्दाे बेरोजगारीलाई मध्यनजर गर्दै निड्स नेपालले केदारस्यू गाउँपालीकामा बेमौसमी तरकारी खेती तालिम सञ्चालन गरेकाे हाे । तालिममा विभिन्न वडा बाट पुरुष महिला गरि २० जनालाई व्यावसायिक तालिम दिईएकाे निड्स नेपालका कर्मचारी सेखर थापाले बताए ।

जिल्लाकाे केदारस्यू गाउँपालीकामा सञ्चालित अाई पि एम मा अाधारीत तालिममा केदारस्यू गाउँपालीका अध्यक्ष ईन्द्र बहादुर भण्डारीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका अतिथि केदारस्यू गाउँपालीका उपाध्यक्ष निशा धामी निड्स नेपालका केन्द्रीय उपाध्यक्ष लाेकेन्द्र जाेशी लगाएत जनसमुदायहरु रहनुभएकाे थियाे । अाज सञ्चालन भएको कार्यक्रममा गाउँपालीका र सँस्थाकाे सहकमर्यमा तालिम सञ्चालन गरिएको हाे ।

निड्स नेपालले बढ्दाे बेरोजगारी युवा युवतीहरुलाई लक्ष्यित गर्दै विभिन्न स्थानीय तहमा तरकारी खेति देखि लिएर अन्य सिपमुलक तालिम सञ्चालन गर्दै अाएकाे उपाध्यक्ष लाेकेन्द्र जाेशीले बताए । गाउँपालीका उपाध्यक्ष निशा धामीले भने ,हामिले दिएको तालिम लिएर सबै तालिममा सहभागीले सदुपयोग गरिदिन अनुराेध गर्दै ,सबैलाई राम्रोसँग तालिम लिन अनुराेध गरेका हुन । कार्यक्रम सञ्चालन निड्स नेपालका कार्यक्रम सँयाेजक विनाेद कडाराले गर्नुभएको थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित