देश बन्धु यादव / नवलपरासी २६ माघ
पश्चिम नवलपरासीमा विभिन्न स्थानबाट करीब ४ लाख १६ हजार १ सय ५० रूपैयाँ मुल्य बराबरको अवैध मालसामान नियन्त्रण गरेको हो ।
आइतबार बर्दघाट नगरपालिका वडा न . ४ बसपार्क नजिकबाट अवैध रुपमा लुकाई छिपाई राखेको १ लाख ३९ हजार २ सय ५० रूपैयाँ मुल्य बराबरको लेडिज उलन कुर्ता सुरवाल, ८ बोरा बेम्बो चम्चा, तमाखु, बिजुलीको बल्ब लगायतका मालसामान ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रण गरेको छ ।
त्यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा न.२ गोपालपुर स्थितबाट भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको करिब २ लाख ४० हजार ९ सय मुल्य बराबरको जेन्स कुर्ता, ओखल लगायतका मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रण गरेको छ ।
उक्त मालसामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेको छ ।
त्यसैगरी रामग्राम नगरपालिका वडा न. १६ हकुई स्थित भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको करिब २ सय किलो माछा नियन्त्रण गरेको हो ।
उक्त माछा करीब ३६ हजार मुल्य बराबरको रहेको छ । नियन्त्रण गरेको माछा स्थानियको रोहवरमा खाल्डो खनी पुरेर नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

