विनोद निगम /नवलपरासी – पुस १५
पश्चिम नवलपरासीको सुनवल बाट आइतबार बेलुका ९ बजेको समयमा लागू औषधि सहित २ जना लाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सुनवल नगरपालिका वाड २ का खुटहट बस्ने बर्ष २० को भुवननाथ कुर्मी,परिवर्तित नाम स बहादुर रहेको प्रहरीले जनाएको छ।
उनीहरूलाई सुनवल नगरपालिका २ खुटहट स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालयबाट खटिएको गस्ति टोलीले गोप्य सुचनाको आधारमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको साइकललाई रोकि चेकजाच गर्ने क्रममा उनीहरूको साथ बाट नाईट्रोभेट १०-५३१० ट्याब्लेट ,फेनारगन – १८९ एम्पुल,डाईजेपाम-१९० एम्पुल,ब्रुपोनोरफिन-१९० एम्पुल
५ स्पास्मो-२५६ क्याप्सुल ठूलो मात्रामा लागू औषधि फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहरा जानकारी दिए।
प्रहरीले उनीहरू लाई आईतबार जिल्ला अदालत परासीबाट लागुऔषध सम्वन्धि कसुर मुद्धामा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको डिएसपी बोहराले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

