Rashtriya Dainik

वन कार्यालय प्रमुखले महिलामाथि दुव्र्यवहारको आरोप

प्रकाश न्यौपाने / नवलपरासी ,पुस १४ गते

डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जीवन पंगेनीमाथि दुई जना महिलालाई कार्यकक्षमै दुव्र्यवहार गरेको आरोप लागेको छ। सामुदायिक वनको कामका लागि कार्यालय पुगेका ती महिलामाथि अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरिएको स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नवलपरासीले आरोप लगाएको छ।

फेकोफनले आइतबार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै डिएफओ पंगेनीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ। ज्ञापन पत्रमा आदर्श सामुदायिक वन उपभोक्ता समूह, सुनवल-४ की सचिव तेजकुमारी क्षेत्री र सरावल सामुदायिक वन उपभोक्ता महासंघकी उपाध्यक्ष रानी कँवरमाथि क्रमशः पुसको ५ र ११ गते अपमानजनक भाषा र हिंसात्मक व्यवहार गरिएको उल्लेख छ।

फेकोफन नवलपरासीका अध्यक्ष शारदा पोखरेल, केन्द्रीय सदस्य कमल परियार, प्रदेश सदस्य नारायण पाण्डेसहित विभिन्न अभियन्ताहरूले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गर्दै डिभिजन बन कार्यालय प्रमुखलाई कार्वाहीको माग गर्नु भएको छ ।

डिएफओ पंगेनीले भने आरोपको खण्डन गर्दै आफ्नो निर्दोषिता दाबी गरेका छन्। “सामुदायिक वनभित्र मन्दिर बनाउन दिनुपर्ने माग आएको थियो, तर कानुनले अनुमति नदिने भएकाले मैले नकारात्मक जवाफ दिएको हुँ। आरोप अतिरञ्जित गरिएको छ,” उहाले भन्नु भयो ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले दुवै पक्षको भनाइ सुनेर आवश्यक कदम चालिने प्रतिक्रिया दिएका छन् । सरकारी कार्यालयमा हुने महिलामाथिको सम्भावित हिंसा र अपमानजनक व्यवहारप्रति थप सवाल खडा गरेको छ। अबका दिनमा न्यायको सुनिश्चितता र पारदर्शी छानबिनका लागि प्रशासनले कसरी अघि बढ्ने हो, त्यो महत्वपूर्ण हुने सामुदायिक बन उपभोक्ता महासङ्गकि जिल्ला अध्यक्ष शारदा पोख्रेलले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित