अमृता सुनार / सुनवल ,पुष १४
शान्ति आमा समुहको ११ औ वार्षिक साधारण सभा तथा छैठौं अधिबेशन सुनवल १ मा सम्पन्न भएको छ । आमा समुहकी अध्यक्ष पार्बती बस्यालको अध्यक्षता तथा सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता एवम वडा नम्बर १ का अध्यक्ष मन बहादुर थापा मगरको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रगति प्रतिबेदन समुहकि अध्यक्ष पार्बती बस्यालले प्रस्तुत गर्नुभएको प्रतिबेदन आउने समयमा समुहको भवनको निम्ति जग्गा खरिद गर्ने योजना रहेको प्रतिबेदनमा उल्लेख गर्नुभएको थियो । कोषध्यक्षको प्रतिबेदन समुहको कोषाध्यक्ष इश्वरी चापागाईंले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदनमा ६ लाख २७ हजार बचत रहेको बताउनुभयो। कार्यक्रममा नगर प्रमुख अर्यालले समुहको उन्नती प्रगति र यो समुहको आवश्यक्ता लाइ मध्य नजर राखेर आवश्यक बजेटको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

सो अवसरमा वडा अध्यक्ष मन बहादुर थापा, कार्यपालिका सदस्य सीता भण्डारी, प्रदीप अर्याल, बिष्णु कुमारी पाण्डे, निल कण्ठ भट्टराई लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । समुहकी उपाध्यक्ष समिता थापाको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन सचिब लक्ष्मी पौडेलले गर्नुभएको थियो ।

उक्त छैठौं अधिबेशन बाट पार्बती बस्यालको अध्यक्षतामा ११ सदस्यीय शान्ति आमा समुह गठन भएको छ । जसको उपाध्यक्षमा लक्ष्मी भट्टराई सचिबमा लक्ष्मी पौडेल, कोषाध्यक्षमा इश्वरी चापागाईं र सदस्यहरुमा क्रमश रीना सिंह, दीपिका थापा मगर, पुष्पा न्यौपाने र गीता बिष्ट चयन हुनुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

