Rashtriya Dainik

नेपाल निवृत्त शिक्षक समाज नवलपुरको घुम्ती टोली बैठक तथा त्रिवेणी क्षेत्रका आजिवन निवृत्त शिक्षकहरुको भेला

आरपि उपाध्याय / नवलपरासी ,१४ पुस

नेपाल निवृत्त शिक्षक समाज नवलपुरको घुम्ती टोली बैठक तथा त्रिवेणी क्षेत्रका आजिवन निवृत्त शिक्षकहरुको भेला विनयी त्रिवेणी ६ को गजेन्द्र मोक्ष धाममा आइतबार सम्पन्न भएको छ।

नेपाल निवृत्त शिक्षक समाज नवलपुरका जिल्ला अध्यक्ष भागवत गौतमको अध्यक्षतामा बैठक सहितको भेला सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका गजेन्द्र मोक्ष धाम त्रिवेणीका करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यको आशीर्वचनबाट प्रारम्भ भएको कार्यक्रममा समाजका जिल्ला कार्यसमिति सदस्य पालिका स्तरीय पदाधिकारी सहित त्रिवेणी क्षेत्र अन्तर्गतका सेवा निवृत्त शिक्षकहरुको उपस्थित रहेको थियो।


कार्यक्रममा निवृत्त शिक्षक समाजका केन्द्रिय सदस्य तिर्थराम रिमालले समाज परिवर्तनका साथै देश बनाउने कार्यमा अग्र स्थानमा रहनु भएका निवृत्त शिक्षक लाई सरकारले कुनै अवसर दिएमा उक्त अवसरलाई इमान्दारीका साथ पालन गर्ने विचार व्यक्त गर्नुभयो।
उहाँले शिक्षकहरु शिक्षण पेसाबाट सेवा निवृत्त भएपनी समाजप्रतिको जवाफदेहीता अझै कायमै रहेको जिकिर गर्नुभयो।
कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाज नवलपुरका उपाध्यक्ष शालिकराम तिमिल्सिना,केशवराज कडेल,आर.पि. उपाध्याय लगायतले निवृत्त शिक्षकहरुले हालको समयमा खेलेको भुमिका प्रसंशनिय रहेको धारणा राख्नुभयो।
सो अवसरमा सेवा निवृत्त शिक्षक तथा आजिवन सदस्य विष्णुप्रसाद खरेलले वर्तमान समय सापेक्ष कविता वाचन गर्नुभएको थियो।
बैठकले विधान संसोधन उपसमितिको गठन तथा नयाँ सदस्यता विस्तार एवं आगामी दिनमा भेला,गोष्ठी र अन्तर्कृया लगायतका कार्यक्रम गरिने निर्णय भएको कार्यक्रम सञ्चालक तथा समाजका जिल्ला सचिव यमलाल कडेलले जानकारी दिनुभएको छ।


कार्यक्रममा नवलपुर जिल्लाको डेड गाउँ, बौदिकाली, हुप्सेकोट,गैंडाकोट र देउचुली लगायत स्थानहरुबाट पनि सेवा निवृत्त शिक्षकहरूको आगमन बैठकमा भएको आयोजक संस्थाले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित