अमृता सुनार / सुनवल ,पुष १४
महिलाहरुको क्षमता विकास गर्ने उद्धेश्यले ब्रहामण क्षेत्री कल्याणकारी कोष सुनवल वडा नं १ र ४ को संयुक्त आयोजनामा आज देखि ३ दिने उद्घोषण तथा भाषण कला तालीम सुरु भएको छ ।

ब्रहामण क्षेत्री कल्याणकारी कोषका अध्यक्ष हिमलाल पराजुलीको अध्यक्षता एवम कैलाशेश्वर मन्दिरका अध्यक्ष विण्णु प्रसाद चापागाईको प्रमुख आतिथ्यतामा भएको तालिममा प्रमुख अतिथि चापागाईले तालिम लिएर मात्र नहुने भन्दै तालिममा सिकेका कुराहरु व्यवहारमा उर्तान सके मात्र तालिमको उद्धेश्य पुरा हुने बताउनुभएको थियो ।
ब्रहामण क्षेत्री कल्याणकारी कोषका अध्यक्ष पराजुलीले सबै सहभागीहरुलाई ध्यान केन्द्रित भएर ३ दिन सहभागी जनाउन आग्रह गर्नुभएको थियो । तालीममा ४० जना भन्दा बढी महिलाहरु सहभागी थिए भने सो तालिममा पत्रकार कुस्माकर ढकाल (कृष्ण) ले प्रशिक्षण गराउनु हुनेछ ।
कार्यक्रममा संस्थापक अध्यक्ष खगेश्वर पराजुली, विष्णु प्रसाद न्यापौने, भरत भुषाल, तिलकराम शर्मा लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाकी उपाध्यक्ष सिर्जना न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यकमको संचालन शिव अर्यालले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

