Rashtriya Dainik

दक्षिण कोरिया विमान दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या ८५ जना पुग्यो

एजेन्सी, १४ पुस

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ८५ जना पुगेको छ । एक सय ८१ जना चढेको विमान दुर्घटना भएकोमा अहिलेसम्म ८५ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमा ४६ महिला र ३९ पुरुष छन् । दुई जनाको जीवितै उद्धार भएको छ । एक सय ७५ जना यात्रु र चालक दलका छ सदस्य बोकेको जिजु एअरको विमान थाइल्यान्डको बैंककबाट फर्कदै गर्दा अबतरणका क्रममा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो । एक सय ७५ जना यात्रु मध्य एक सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका नागरिक रहेका बीबीसीले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन तर स्थानीय सञ्चारमाध्यमहरूले विमानको प्रणालीमा चराले क्षति पुर्‍याएको हुनसक्ने जनाएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्ययमले सार्वजनिक गरेको भिडियोमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखिन्छ । त्यसलगत्तै विमानमा आगो फैलिएको र धुवाँको ठूलो मुस्लो उडिरहेको देखिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित