आरपि उपाध्याय / नवलपरासी ,१४ पुस
त्रिवेणी बहुमुखी सहकारी संस्था सुस्ता ३ पश्चिम नवलपरासीको २२ औं वार्षिक साधारणसभा सुस्ताको कुडियामा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष प्रेमचन्द्र गुप्ताको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाको प्रमुख अतिथि समेत रहनु भएका सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले ग्रामीण भेगमा सहकारी संस्थाहरुले नतिजामुखी सहकारी गतिविधि गर्नुपर्ने धारणा राख्दै सेयर सदस्यहरुको चाहना र माग बमोजिम गतिविधि गर्न सुझाव दिनुभयो ।
साधारणसभामा सुस्ता गाउँपालिका वडा न.३ का वडा अध्यक्ष हरिलाल दुषाध,सहकारी संजालका अध्यक्ष डिल्लीराज काफ्ले,संस्थाका पुर्व अध्यक्ष बुद्धिसागर उपाध्याय,समाजसेवी नारायण प्रसाद पाण्डे लगायतले सहकारीको विविध पक्षमाथी प्रकाश पार्नुभएको थियो।
साधारणसभामा लेखा संयोजक राम अवध गुप्ताले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रम संचालक एवं संचालक समितिका सचिव नारायण भण्डारीले जानकारी दिनु भएको छ।

पश्चिम नवलपरासीको सबभन्दा पुरानो बहुमुखी सहकारी संस्था मध्ये एक त्रिवेणी बहुमुखी संस्थामा हाल २०२ महिला र ३९५ पुरुष गरि कुल ५९७ सेयर सदस्य रहेको बताइएको छ।
गत आर्थिक वर्षमा संस्थाले आर्थिक कारोबार गर्दा नाफा नभई घाटा रहेको प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको जानकारी प्राप्त भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

