काठमाडौँ- दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।
विमान धावनमार्गबाट चिप्लिएर दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको दक्षिण कोरियाली समाचार एजेन्सीले जनाएको छ।
१७५ यात्रु र ६ जना चालक दलका सदस्य बोकेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो । विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ । दुई जना जीवितै फेला परेका छन् ।
उद्धार कार्य अझै जारी रहेको छ । जहाजमा रहेका यात्रुहरूमा १७३ दक्षिण कोरियाली र दुई जना थाइ नागरिक रहेको योनहाप समाचार एजेन्सीले जनाएको छ । दुर्घटनाको कारण अझै थाहा हुन सकेको छैन ।।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

