कविता परियार /भैरहवा,१३ पुष
लियो क्लब अफ सिद्दार्थनगर गौतम बुद्धको आयोजनामा आज शुक्रबार रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ गौरीमा नि: शुल्क शिविर तथा शल्यक्रिया कार्यक्रम सम्पन्न भएको छ।
ओमसतिया गाउँपालिका वडा नम्बर ५ को सहयोग नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा तिसर्च सेन्टर श्रि रण अम्बिका शाह आँखा अस्पतालको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर तथा शल्यक्रिया कार्यक्रम सम्पन्न भएको हो।

लियो क्लब अफ सिद्दार्थनगर गौतम संस्थापक सन्दिप कसौधनको अध्यक्षता तथा पूर्व राज्यमन्त्री लुम्बिनी प्रदेस सभा सदस्य अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा निशुल्क आँखा शिविर गरिएको हो।
शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि रज्जाकले आँखा नै जिवनको ज्योति भएकाले आँखाको स्वास्थ्यलाई बिशेष भएकोले आँखाको हेरचाहा र खानपानमा बिशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। उहाले ओमसतिया गाउँपालिका डा नम्बर ५ मा विभिन्न संघ-संस्थाहरुको सहकार्य र समन्वयमा शिविर सञ्चालन भएको र आगामी दिनमा पनि स्वास्थ्य शिविरहरूलाई निन्तरता दिन आग्रह भएको छ।

ओमसतिया गाउँपालिका वडा नम्बर ५ गौरीमा रहेको रहेको ओमसतिया आधारभूत विद्यालयमा भएको नि:शुल्क शिविरमा ४६४ जनाको आँखा परीक्षण गरिएको लियो क्लब अफ सिद्दार्थनगर गौतम बुद्धको संस्थापक अध्यक्ष सन्दिप कसौधनले जानाकारी दिनु भएको छ। आँखा परीक्षण गरिएकामध्ये १४० जनामा मोतीयाबिन्दु पाइएको र सो को शल्यक्रिया अस्पतालले निशुल्क गर्ने आयोजकले जनाएको छ ।

आखां शिबिरमा नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आखां अस्पतालका बरिष्ठ नेत्र अधिकृत डा. संजिव अधिकारी, रोहिणी आइ केयर सेन्टरका इन्चार्ज बिजय कुमार लगायतको १४ जनाको टीमले आखां परीक्षण गरेको थियो । भने कार्यक्रममा लियो डिष्ट्रिक थ्री टु फाइफ ग्रुप सी का एरिया चिफ मनिष ढकाल, लियो क्लब अफ सिद्धार्थनगर गौतम बुद्धका कार्यक्रम संयोजक लियो अभिषेक सापकोटा, ओमसतिया गाउपालिका वडा नम्बर ५ का वडासचिव, वडासदस्यहरु, सरोकारवाला ब्यक्तित्वहरु लगायत स्थानियको सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

