पर्सा १० पुस
अमर क्षेत्री फाउन्डेसन, अमेरीकाको आर्थिक सहयोग तथा पिसफोर दलितस फाउन्डेसन नेपालको सहजीकरणमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-३, कौवाबन गाउँको मुसहर तथा कटैया गाउँको मुसहर समुदायलाई जाडोको लागि न्यानो कपडा वितरण गरिएको छ। नेपालकै हाल अमेरीका बस्ने बरिस्ठ समाजसेवी अमर क्षेत्री फाउन्डेसनको अध्यक्ष अमर क्षेत्री ज्युको आर्थिक सहयोग अति विपन्न दलित समुदायको मुसहर जातीहरुलाई १०० जना वृद्ध वृधा , महिला , पुरुषको लागि बलैन्केट न्यानो कपडा र १२० जना मुसहर बालबालिकाको लागि हाजिनी जैकेट , टोपी, टाउजर , स्युटर वितरण गरिएको छ। अमर क्षेत्री फाउन्डेसन अध्यक्ष अमर क्षेत्री ज्युले दलित समुदायको मुसहर जातीको लागि न्यानो कपडा वितरणको लागि दुई लाख छियासठ हजार आर्थिक सहयोग गर्नु भएको छ।
नेपालको तराई मधेश क्षेत्रमा धेरै सितलहर जाडो हुने अवस्था भएको छ।
सितलहरले गर्दा तराई मधेशको सबै जिल्लाको दलित
समुदाय प्रभावित हुने अवस्था रहेको । अहिले पनि बिहान र बेलुका धेरै चिसो हुने अवस्था छ।
पर्सा जिल्लामा पनि शितलहरको अत्यधिक प्रभाव रहने जिल्ला हो।। जाडो चिसोमा बढी प्रभावित हुने दलित समुदाय हो।
यस दलित समुदायमा मुसहर समुदाय बढी प्रभावित र पीडित हुने गर्दछ्न।
यो जाडो मौसमले गर्दा पर्सा जिल्लाको दलित समुदायको पनि दैनिकी जीवन कष्टकर भएकोले मुसहर समुदायलाईं न्यानो कपडा वितरण गरिएको छ। यस कौवाबन गाउँ मुसहर तथा कटैयाको मुसहर
टोलको मुसहर समुदायको बालबालिका तथा
बुढापखाहरु संग जाडोको लागि कपडा रहेको छैन । उहाँहरुको दैनिकी जाडोमा समस्या हुने , घरको अवस्था कमजोर हुने , घर खर माटोको हुने भएकोले धेरै चिसो लाग्ने भएको छ। यी मुसहर समुदाय संग न्यानो कपडाको अभाव भएकोले कपडा वितरण गरिएको छ।
हाम्रो समाजसेवी तथा अमर क्षेत्री फाउन्डेसनको अध्यक्ष अमर क्षेत्री ज्युको लक्ष्य जब सम्म शास रहन्छ तब सम्म गरीब,असहाय, दलित, विपन्नहरूको लागि गांस बास र कपासको लागि व्यवस्था गरिन्छ् ।
अमर क्षेत्री ज्युले निरन्तर पिसफोर दलितस फाउन्डेसन नेपालको विभिन्न अभियानमा सहयोग गर्नुभएको छ। दलित समुदायको घर निर्माण, दलित समुदायको बिरामीको उपचार , कपडा , खाद्यान्नमा विगतको वर्ष देखि सहयोग गर्दै आउनु भएको छ।
यस न्यानो कपडा वितरण कार्यक्रममा मुसहर समुदायलाई लक्ष्यित गरि कपडा वितरण गरिएको छ।
यस कार्यक्रमको अध्यक्ष दलित दबाब समुहको अध्यक्ष ज्यलाल राम ज्यु , उर्मिला देवी मुसहर, अतिथि पिसफोर दलितस फाउन्डेसन नेपालको
सदस्य पारमान्द राम , दिपेन्द्र राम, सुरेन्द्र पासवन, सन्जोग राम,अशोक राम , बिनोद रामको उपस्थित रहेको छ।
यस कार्यक्रमको सहजीकरण पिसफोर दलितस
फाउन्डेसन नेपाल अध्यक्ष / दलित सामाजिक अभियान्ता मनोज राम ज्युले गर्नुभएकों छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

