सन्दिप बि.क/ सरावल,२५ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका ३ सरावलमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

वातावरण सफा राखौ, टोल सफा गरौ, स्वच्छ जीवन बाँचौ, सव्य नागरिक बनौ भन्ने मुल नाराका साथ काेपिला बाल क्लबले टोल सर सफाइ कार्यक्रम समापन गरेको छ ।

क्लबका अध्यक्ष अनिल बि.कको नेतृत्वमा सम्पन्न उक्त सर सफाइ अभियानमा अारिफ अलि खान,प्रितम बि.क,असिफा नेसा ,मनिशा बि.क,सितल दुसाद,सलमान खान ,सम्सुदिन पठान,एलिसा बि.क लगायत स्थानिय व्यक्तिहरूको उपस्थिती रहेको थियो।

स्थानिय बालबालिकाहरूलाइ सामाजिक दायित्व बोध गराउँनका लागि तथा समाज प्रति जिम्मेवार बन्नका लागी अभिप्रेरित गरि एक अर्का बिच भाइचारा अभिवृदि गर्ने हेतुले उक्त बाल क्लबले सरसफाइ कार्यक्रम सम्पन्न गरेको हाे।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

