Rashtriya Dainik

मानव बेचविखन तथा ओसारपसार कसूरमा कृष्णनगरबाट एक जना पक्राउ

कपिलवस्तु, मंसिर २२

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ लिंकगेट बाट मानव बेचविखन तथा ओसारपसार कसूरमा एकजना व्यक्ति पक्राउ परेकाछन्।

मंसिर १७ गते जिल्ला नुवाकोट दुप्तेश्वर गाउँपालिका वडा नं ७ का २५ बर्षिय शिसिर तमाङले परिवर्तित नाम ५१ (छ) कृष्णनगरलाई काठमाडौं बाट विभिन्न प्रलोभन देखाई बेचविखन तथा ओसारपसार गर्ने उद्देश्यले नेपालको कृष्णनगर हुदै भारत तर्फ लैजादै गरेको अवस्थामा पक्राउमा परेकाछन्।

पक्राउ परेका तमाङ लाई कपिलवस्तु जिल्ला आदालत बाट म्याद थप गरि अनुसंधान भैरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएकाछन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित