आरपी उपध्याय / नवलपरासी २२ मंसिर
जनसेवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था प्रतापपुर २ सेमरीको आठौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
उपभोक्ता संस्थाका अध्यक्ष इश्वरी प्रसाद घिमिरेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जनसेवा खानेपानी तथा सरसफाइ संस्थाले आफ्ना उपभोक्ताहरुलाई शुद्ध र सफा पानी उपलब्ध गराउनु नै प्रमुख धर्म रहेको बताउनु भयो।
उहाँले संस्थाको स्थापना कालदेखि नै उपभोक्ताहरुको माग अनुसार चरणबद्द रुपमा खानेपानीको आपूर्ति गर्दै आएकोमा आगामी दिनमा थप जिम्मेवारी पुर्वक माग बमोजिम खानेपानी सहज र सरल ढङ्गबाट उपलब्ध गराउन सुझाव पनि दिनुभयो।
साधारणसभामा प्रतापपुर गाउँपालिका वडा न.१ का वडा अध्यक्ष महेन्द्र चौधरी, वडा न.२ का वडा अध्यक्ष राम नरेश यादव, वडा न.९ का वडा अध्यक्ष जय किसुन चौधरी, बर्दघाट नगरपालिका १४ का वडा अध्यक्ष सन्त बहादुर गाहा,बर्दघाट खानेपानीका उपाध्यक्ष कमल थापा,स्थानीय समाजसेवी गणेश पोख्रेल लगायतले खानेपानी र सरसफाइको क्षेत्रमा भएको प्रगतिबारे आफ्नो भनाइ राख्नु भएको थियो।
सो अवसरमा संस्थाका अध्यक्ष घिमिरेले अध्यक्षको प्रतिवेदन,लेखा संयोजक कृष्ण प्रसाद घिमिरेले लेखा समितीको प्रतिवेदन, कोषाध्यक्ष रिङ्कु कुमार गुप्ताले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभयो।
जनसेवा खानेपानी तथा सरसफाइ संस्थामा हालको समयमा १३०४ धारा जडान भएको र उपभोक्ताको माग बमोजिम थप धारा सङ्ख्या बढाइने पनि कार्यक्रम सञ्चालक बिष्णु प्रसाद घिमिरेले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

