अमृता सुनार / नवलपरासी ,२२ मंसिर
सुनवल आयआर्जन बचत तथा ऋण सहकारी सस्था लिंमिटेड सुनवल ८ को २१ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष निलकण्ठ गैरेको अध्यक्षता एवम जिल्ला सहकारी संघका अध्यक्ष विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पौडेलले सहकारीका शेयर सदस्यहरुलाई व्यवसाय र कृषिमा उद्यमशीलतामा लगानी गरी आत्मानिर्भर बन्न आग्रह गर्नुभएको थियो ।
सुनवलका ८ वटा वडामा कार्यक्षेत्र रहेको सस्थामा ४ सय २५ जना शेयर सदस्य रहेको यस सहकारीको कुल पुजी ५ करोड ८ लाख रहेको संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ६ लाख ९० हजार खुद नाफा गर्न सफल भएको छ । कार्यक्रममा विभिन्न सुझाव सहित लेखा सुपरीवेक्षण समितिको तर्फबाट लेखा संयोजक होमनाथ आचार्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाकी उपाध्यक्ष यम कुमारी खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सस्थाका सचिव सानु बावु श्रेष्ठले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

